गार्गी कन्या गुरुकुललाई सिटिजन लाइफको तीन लाख सहयोग

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्सले गार्गी कन्या गुरुकुल प्रतिष्ठानलाई तीन लाख रुपैयाँ सहयोग गरेको छ । २०६८ सालमा स्थापना भई चितवनको देवघाटमा गार्गी कन्या गुरुकुल सञ्चालन हुँदै आएको छ ।

यो नेपालकै पहिलो समावेशी गुरुकुल हो । जहाँ नेपालको विभिन्न ठाउँदेखि हरेक समूहका महिला छात्रालाई बिना कुनै भेदभाव कक्षा ६ देखि १२ सम्म सरकारी पाठ्यक्रम अनुसार अध्यापन गराइन्छ । संस्थागत समाजिक उत्तरदायित्व निर्वाह गर्ने क्रममा इन्स्योरेन्सका प्रमुख बजार व्यवस्थापन अधिकृत भुषण रिमाल र कर्पोरेट सेल्स हेड रिता पाठकले प्रतिष्ठानका उपाध्यक्ष मन काफ्ले र सल्लाहकार भागवती कुमार काफ्लेलाई तीन लाखको चेक हस्तान्तरण गरिएको विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया