धनगढीका मेयर गोपाल हमालकी छोरी आरती सम्पर्कविहीन

भाइ आयुष हमालसँग आरती । तस्वीर मेयर हमालकाे फेसबुकबाट

धनगढी । कैलालीको धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमालकी छोरी आरती हमाल बेपत्ता भएकी छिन् ।

भारतकाे गोवामा बस्दै आएकी उनी सोमबारदेखि बेपत्ता भएको मेयर हमालले जानकारी दिएका छन् ।

उनी जोरबा वाईब आस्बिन ब्रीजबाट सम्पर्कविहीन भएको जानकारी दिँदै हमालले खोजीका लागि गोवा बस्ने नेपालीलाई आग्रह गरेका छन् ।

प्रतिक्रिया