चत्रीपाटनको पर्यटन प्रवर्द्धन नमा जोड

आठबिसकोट । पर्यटनको प्रचुर सम्भावना बोकेको क्षेत्र आठबिसकोट नगरपालिका–४ र ५ मा रहेको पर्यटकीय चत्रीपाटन क्षेत्रको प्रवद्र्धनमा लाग्नुपर्ने सरोकारवालाहरूले जोड दिएका छन् ।

वडा कार्यालयले गरेका काम तथा त्यस क्षेत्रको पर्यटनका विषयमा जानकारी दिँदै वडा अध्यक्ष घनश्याम शाहले पर्यटकीय क्षेत्रको रूपमा विकास गर्न गुरुयोजना बनाएर अगाडि बढिरहेको बताए । चित्रीपाटनलाई साहासिक पदमार्गका रूपमा स्थापना गर्ने योजना रहेको अध्यक्ष भण्डारीले जानकारी दिए । आठबिसकोट–५ को आयोजनामा होली पर्वमा चित्रीपाटन भ्रमण कार्यक्रमको आयोजना गरेको थियो ।

पुरातात्विक, पर्यटकीय तथा सांस्कृतिक क्षेत्रका सम्बन्धमा प्रसिद्ध रहेको चित्रीपाटनलाई पर्यटकीय गन्तव्य नेपालकै पर्यटन प्रवद्र्धनमा सशक्तरूपमा लाग्नुपर्ने धारणा व्यक्त गर्दै पर्यटकीय क्षेत्रको विकास तथा त्यसबाट प्राप्त लाभ जनस्तरमा पुर्याउन पर्यटकीय गन्तव्यको विविधीकरण गर्दै नयाँ पर्यटकीयस्थल र उपजको पहिचान, विकास एवं पर्यटकीय पूर्वाधारको विकास गरी पर्यटन उद्योगलाई राष्ट्रिय अर्थतन्त्रको प्रमुख आधार बनाउनुपर्ने आठबिसकोटका नगरप्रमुख रवि केसीले बताए ।

जिल्लाको सदरमुकामको नजिक क्षेत्र र पहाडी क्षेत्र पनि भएकाले कोलाहलबाट मुक्त हुन आन्तरिक तथा बाह्य पर्यटकका लागि उत्तम क्षेत्र चित्रीपाटन रहेको उल्लेख गर्दै यस क्षेत्रको विकास र पर्यटन प्रवद्र्धनका लागि सञ्चारमाध्यमले भूमिका खेल्नुपर्नेमा केसीले जोड दिए । स्थानीय, जनप्रतिनिधि लगायतको सहभागी रहेको थियो । ४ हजार २ सय मिटरको उचाइमा रहेको चित्रीपाटन आठबिसकोटकै सबैभन्दा अग्लो र हिमाली क्षेत्रका रूपमा रहेको छ ।

अर्जुन बिष्ट

रुकुम पश्चिम

प्रतिक्रिया