प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री राप्रपाको एजेन्डा : लिङ्देन

वीरगञ्ज । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री लगायतका एजेन्डा लिएर अहिले राप्रपा जनताको बीचमा आएको बताएका छन् । पार्टीको जिल्ला कमिटी पर्साद्वारा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले राप्रपाका यी मुद्दाको पक्षमा जनताको समर्थन पनि प्राप्त भइरहेको दाबी गरे ।

उनले पूर्वराजा ज्ञानेन्द्र शाहको लोकप्रियताबाट अत्तालिएर ठूला दलहरूले दरबार हत्याकाण्डमा पूर्वराजालाई मुछ्ने गरेको बताए । उनले राजदरबार हत्याकाण्डको छानबिन गरेर सत्यतथ्य बाहिर ल्याउन ठूला दलहरूलाई चुनौतीसमेत दिए । बारम्बार दरबार हत्याकाण्डसँग जोडेर पूर्वराजालाई धम्क्याउने र बदनाम गर्न खोज्नेहरूले हिम्मत छ भने छानबिन आयोग गठन गरेर सत्यतथ्य सार्वजनिक गर्नुपर्ने उनले माग गरे ।

अध्यक्ष लिङ्देनले गणतन्त्र र संघीयताको खारेजी, राजतन्त्र र हिन्दू राष्ट्रको पुनःस्थापना, प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री लगायतका एजेन्डा लिएर अहिले राप्रपा जनताको बिचमा आएको बताए । राप्रपाका यी मुद्दाको पक्षमा जनताको समर्थन पनि प्राप्त भइरहेको उनले दाबी गरे ।

अध्यक्ष लिङ्देनले नेपालमा गणतन्त्र र संघीयताको खारेजी, राजतन्त्र र हिन्दू राष्ट्रको पुनःस्थापना नेपाली जनताकै बलमा हुनुपर्ने राप्रपाको मान्यता रहेको बताए । यसमा कुनै पनि विदेशी शक्तिको हस्तक्षेप राप्रपालाई स्वीकार्य नहुने उनले बताए ।

प्रतिक्रिया