अध्यागमन विभाग महानिर्देशकको जिम्मेवारी कोषहरि निरौलालाई

काठमाडौं । अध्यागमन विभागको महानिर्देशकमा कोषहरि निरौला आएका छन् । उनलाई गृह मन्त्रालयले विभागको महानिर्देशकमा पठाएको हो ।

यही फगुन ६ गते तत्कालीन महानिर्देशक रुद्रसिंह तामाङरिुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा मुद्दा परेपछि विभाग महानिर्देशकविहीन थियो ।

त्यसपछि अध्यागमनका विभिन्न सेवाहरु प्रभावित भएको थियो । गृह मन्त्रालयले मंगलबार गृहका सहसचिव रहेका निरौलालाई अध्यागमन विभागमा महानिर्देशक पदमा सरुवा गरेको हो ।

प्रतिक्रिया