राष्ट्रियसभाका पूर्वअध्यक्ष तिमिल्सिना जनप्रतिनिधि भेट्न गाउँगाउँमा

पर्वत । राष्ट्रियसभाका पूर्वअध्यक्ष गणेशप्रसाद तिमिल्सिना यतिखेर पर्वतका गाउँगाउँसम्म पुगिरहेका छन् । ६ वर्षसम्म राजनीतिक क्रियाकलापमा प्रत्यक्ष संलग्न हुन नपाएका तिमिल्सिना पछिल्लो समय सक्रियता बढाएका हुन् ।

कार्यक्रम तालिका नै बनाएर उनी पर्वतका सातै पालिकामा नेकपा एमालेबाट निर्वाचित सबै जनप्रतिनिधि र अगुवा कार्यकर्तासँग भेटघाट र छलफल गरिरहेका छन् । नेकपा एमालेका स्थानीय पालिका कमिटिहरुले आयोजना गर्ने यस्ता कार्यक्रमहरुमा स्थानीय तहका जनप्रतिनिधि र अगुवा कार्यकर्ताहरुको सहभागिता जनाइरहेका छन् ।

जलजला, गाउँपालिका मोदी गाउँपालिका र विहादी गाउँपालिकामा कार्यक्रम सम्पन्न भइसकेकाे छ, भने पैंयूँ गाउँपालिका, महाशीला गाउँपालिका, फलेवास नगरपालिका र कुश्मा नगरपालिकामा गरिने कार्यक्रमको पनि तालिका सार्वजनिक भएकाे छ ।

पर्वतबाट नेकपा एमालेको केन्द्रीय सदस्य रहेकी कल्पना चापागाइ, प्रदेश कमिटिका पदाधिकारी तथा सदस्यहरु, जिल्ला किमिटी पर्वतका अध्क्षय राजुप्रसाद पौडेल लगायतकाअधिकांश पदाधिकारी तथा सदस्यहरु सहितको टोली गाउँगाउँमा पुगेका छन् ।

राष्ट्रियसभाकाे अध्यकयकाल सकिएपछि तिमिल्सिनाले जिल्लामा देखाएको सक्रियताले एमालेजनमा निकै उत्साह छाएकाे नेकपा एमाले जिल्ला कमिटी पर्वतका उपसचिव शिवप्रसाद पौडेलले बताए ।

प्रतिक्रिया