निसीखोला बस दुर्घटना अपडेट : सात जनाको मृत्यु, २० घाइते

ढोरपाटन । बागलुङको निसीखोला गाउँपालिका–६ स्थित जाउलेपानीमा बस दुर्घटना हुँदा सात जनाको मृत्यु भएको छ भने २० जना घाइते भएका छन् ।

रुकुम पूर्वबाट काठमाडौं जाँदै गरेको बागमती प्रदेश ०१–००६ ख ३८७९ नम्बरको बस आज (सोमबार) साँझ मध्यपहाडी लोकमार्गमा दुर्घटना भएको हो ।

बस सडकबाट करिब तीन सय मिटर तल पुगेको र उद्धार कार्य जारी रहेको इलाका प्रहरी कार्यालय बुर्तिवाङका प्रमुख प्रहरी निरीक्षक राजकुमार विकले जानकारी दिए । घटनाको थप विवरण आउन बाँकी रहेको छ ।– रासस

याे पनि : पश्चिम रुकुमबाट काठमाडौं हिँडेको बस दुर्घटना, १६ जना घाइते

प्रतिक्रिया