पश्चिम रुकुमबाट काठमाडौं हिँडेको बस दुर्घटना, १६ जना घाइते

बागलुङ । बागलुङको निसीखोलामा सोमबार (आज) साँझ बस दुर्घटना हुँदा १६ जना घाइते भएका छन् । पश्चिम रुकुमबाट काठमाडौंका लागि हिँडेको बागमती प्रदेश ०१–००६ ख ३८७९ नम्बको बस बागलुङको निसीखोला गाउँपालिका–६ सिपमा दुर्घटना भएको हो ।

बस मध्यपहाडी लोकमार्गबाट १५० मिटर तल खसेको प्रहरी नायब उपरीक्षक मदन केसीले बताए । घटनामा घाइतेको उद्धारको काम चलिरहेको छ ।

घाइतेको अवस्था गम्भीर रहेको घटनास्थलमा पुगेका प्रहरी सहायक निरीक्षक भोजबहादुर गुरुङले बताए । घटनाको थप विवरण आउन बाँकी रहेको छ ।– रासस

प्रतिक्रिया