अपांगमैत्री भौतिक संरचना निर्माणमा जोड

मुगु । मुगुको एक गैरसरकारी संस्थाले अपांगमैत्री भौतिक संरचना निर्माणमा जोड दिएको छ । कर्णाली ग्रामिण उत्थान तथा समाज विकास केन्द्र (सिडि एस पार्क) मुगुले अपांगमैत्री भौतिक संरचना निर्माणमा जोड दिइएको हो ।

जिल्लाको एकमात्र जिल्ला अस्पताल मुगुलगायत छायाँनाथ रारा नगरपालिकाका विभिन्न स्वास्थ्य संस्थामा अपांगमैत्री भौतिक संरचना निमार्णमा जोड दिएर अपांगता भएका व्यक्तिहरुलाई सेवामा सहज बनाइएको छ । जिल्ला अस्पताल मुगु र छायाँनाथ रारा नगरपालका १२ ढुंगेधारा स्वास्थ्य चौकी अपांगमैत्री भौतिक संरचना निर्माण गरेर सम्बन्धित स्वास्थ्य संस्थालाई हस्तान्तरण गरिएको छ ।

बृहत् अपांगता स्वास्थ्य कार्यक्रम परियोजना कोर ग्रुपको आर्थिक सहयोगमा कर्णाली ग्रामीण उत्थान तथा समाज विकास केन्द्र (सिडि एस पार्क) मुगुको आयोजनामा जिल्ला अस्पातल मुगमा र छायाँनाथ रारा नगरपालिका– १२ ढुंगोधारा स्वास्थ्य चौकीमा रेलिङ, र्याम्प, ट्याकटाईल, विभिन्न स्थानहरूमा नेमप्लेट जस्ता अति आवश्यक अपांगमैत्री भौतिक संरचनाहरू निर्माण गरिएको सिडिएस पार्क मुगुका कार्यकारी निर्देशक अजबहादुर शाहीले बताए ।

साथै जिल्ला अस्पातल मुगु र ढुंगेधारा स्वास्थ्य चौकी लाई थप आवश्यक सामग्रीहरू ह्वीलचियर, वाकर, वैशाखी, हाईड्रोलिक बेडसमेत सहयोग गरिएको छ । अपांगता भएका व्यक्तिहरूको सेवामा सहजताको लागि अपांगमैत्री भौतिक संरचना निर्र्माण गरेर नागरिकको सेवामा सहज बनाएको छायाँनाथ रारा नगरपालिकाका नगरप्रमुख विष्णुकुमार भामले बताए ।

प्रतिक्रिया