महिलाहरुका लागि सहयोगी बन्यो गरिमा परियोजना

गाँउघरमा महिनावारीसमन्धीलगायतका विषयमा कुराकानी गर्दै गरिमा परियोजननाका फिल्ड अफिसर

बझाङ । गरिमा परियोजना बझाङ जिल्लाको खप्तडछान्ना गाँउपालिकाको महिलाहरुकाा लागि सहयोगी संस्था बनेको छ । खप्तडछान्ना गाँउपालिका– ६ र ७ मा जर्मन संघीय सरकार करुणा ट्रष्ट ग्रामीण शिक्षा तथा वातावरण विकास केन्द्र (रिड नेपाल) र ग्रीनतारा नेपालको आर्थिक सहयोगमा गरिमा परियोजनामार्फत काम गर्दै आएको छ ।

उमेरले करिब ३५ वर्ष कटेकी स्थानीय महिला सुर्मा खड्काले पहिला आफू सानो उमेरको हुँदा महिनावारी भए समाजले के भन्ला भन्दै लुकेर हिँड्ने गरेको सुनाउँदै घरभन्दा टाढाको गोठमा सुत्ने गरेको र खाने कुरा त परै जाओस् भन्दै पानी पनि घरका मानिसहरुलाई मागेर खानुपर्ने अवस्था रहेको बताइन् ।

उनले अहिले गरिमा परियोजना लागु भएपछि आफू महिनाको एक पटक समूहको बैठकमा जाने गरेको र गाँउका दिदिबहिनीहरुसँग भेटघाट भएर शुख–दुःख कुरा गर्ने समूहको बैठकमा गएर बोल्न सक्ने बानीको विकास समेत भएको बताइन् । त्यसैगरी बैठकमा संस्थाका पदाधीकारीहरुले भनेका कुराहरु सुरक्षीत महिनावारी लगायतका विषयहरु थाहा भएको र आफूले पनि व्यवहारमा लागु गर्ने गरेको उनले बताइन् ।

पेशाले आफू गाउँमा वर्षौँदेखि स्वास्थ्य स्वयंसेवीकाको रुपमा काम गर्दै आएकी शान्तिदेवी थापाले पहिला यस गाँउका दिदिबहिनीहरुले महिनावारी भएको बेला प्याडको प्रयोग गर्नुपर्छ, सधैँ सरसफाई रहनुपर्छ, दही दूध खान्नुपर्छ भन्दा नमान्नेहरु यो परियोजना लागु भएपछि आफूलाई पनि ती महिला दिदिबहिनीहरुलाई सम्झाउन र बुझाउन निक्कै सहज भएको बताइन् ।

अरु संस्थाहरुले केही वर्ष पहिला गाँउमा काम गरेको भएता पनि महिला दिदिबहिनीहरुकै लागि गरिमा परियोजनाले समाज रुपान्तरणमा महत्वपूर्ण भूमिका खेलेको यो परियोजना पछिसम्म रहे आफ्नो गाउँ ठाँउमाको विकासको लागि महत्वपूर्ण भूमिका रहने महिला स्वलम्बन सहकारी समूहकी व्यवस्थापक विमला नेपालीले बताइन् ।

प्रतिक्रिया