काठमाडाैं । केपी ओली कप फुटबल प्रतियोगिताको उपाधि मछिन्द्र फुटबल क्लबले जितेको छ । शनिबार भएको प्रतियोगिताको दोस्रो संस्करणको फाइनल खेलमा उसले न्यूरोड टिम (एनआरटी)लाई पराजित गरी लगातार दोस्रोपटक उपाधि जितेको हो । निर्धारित समयमा दुवै टिम गोल गर्न असफल भएपछि नतिजा टाइब्रेकरबाट निकालिएको थियो । टाइब्रेकरमा मछिन्द्र ५–४ ले विजेता बन्यो ।
टाइब्रेकरमा मछिन्द्रले ५ र एनआरटीले ४ पेनाल्टी गोल गरेको थियो । एनआरटीका विवेक गुरुङको पेनाल्टी बाहिरिएपछि मछिन्द्र विजेता बनेको हो । मछिन्द्रले उपाधिसहित ११ लाख रुपैयाँ पाएको छ भने एनआरटी ५ लाखमा सीमित भयो । पहिलो संस्करणको फाइनलमा मछिन्द्रले सातदोबाटो युथ क्लबलाई हराएर उपाधि उचालेको थियो ।
प्रतिक्रिया