प्रभु महालक्ष्मी लाइफको सीईओ बने चार्टर्ड एकाउन्टेन्ट प्रसाईं

काठमाडाैं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडको प्रमुख कार्यकारी अधिकृतमा सन्तोष प्रसाईं भएका छन् ।

प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडको शुक्रबार बसेको सञ्चालक समितिको बैठकले प्रसाईंलाई प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको हो । सञ्चालक समितिको बैठकले प्रसाईंलाई ४ वर्षका लागि नियुक्ति दिएको छ । प्रसाईं चार्टर्ड एकाउन्टेन्टसमेत हुन् ।

नियमनकारी निकाय नेपाल बीमा प्राधिकरण (साविकको बीमा समिति) बाट बीमा क्षेत्रमा प्रवेश गरेका प्रसाईं बीमा क्षेत्रमा अनुभवी व्यक्तिका रूपमा चिनिन्छन् । प्रसाईंसँग नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड र प्रभु लाइफ इन्स्योरेन्स लिमिटेडको प्रमुख कार्यकारी अधिकृतका रूपमा नेतृत्व गरेको अनुभव छ ।

साविकको प्रभु लाइफ इन्स्योरेन्स लिमिटेडमा प्रमुख कार्यकारी अधिकृतका रूपमा काम गर्दैगर्दा साविकको प्रभु लाइफ इन्स्योरेन्स लिमिटेड र साविकको महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडबीच मर्जरपछि बनेको प्रभु महालक्ष्मी लाइफमा वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृतको भूमिकामा थिए ।

प्रतिक्रिया