हलिउडमा ‘दृश्यम’ को रिमेक

मुम्बई । हलिउडमा बलिउड अभिनेता अजय देवगन र अभिनेत्री तब्बू अभिनीत चलचित्र ‘दृश्यम’ को रिमेक बन्ने भएको छ । पानोरमा स्टुडियोले हलिउडमा ‘दृश्यम’ बनाउन लागेको जनाइएको छ । यो चलचित्र निर्माणमा गल्फस्ट्रिम पिक्चर्स र जोट फिल्म्ससँग सहकार्य गर्नेछ ।

पानोरमा स्टुडियोका अध्यक्ष तथा प्रबन्धक निर्देशक कुमारमंगत पाठकले एक विज्ञप्ति जारी गर्दै उक्त जानकारी दिएका हुन् । ‘दृश्यमको कथा विश्वभरका दर्शकलाई बाँड्न उत्सुक छौं । हलिउडका लागि अंग्रेजीमा यो फिल्म गल्फस्ट्रिम पिक्चर्स र जोट फिल्म्ससँग सहकार्य गर्न पाउँदा उत्साहित छौं । कोरिया र हलिउडपछि अबको तीनदेखि पाँच वर्षमा १० देशमा दृश्यम बनाउने योजना छ,’ विज्ञप्तिमा उल्लेख छ । ‘दृश्यम’ सन् २०१३ मा आएको मलयालम चलचित्रको हिन्दी रिमेक हो । यो चलचित्र हिन्दी, कन्नड, तेलुगु र तमिलमा रिमेक भइसकेको छ ।

यो चलचित्र कन्नडमा दृश्य (२०१४), तेलुगुमा दृश्यम (२०१४), तमिलमा पापनासम (२०१५), हिन्दीमा दृश्यम (२०१५), सिंहली (श्रीलंकाई भाषा) मा धर्मयुद्ध (२०१७) र चिनीमा शीप विदाउट ए शेफर्ड (२०१९) नाममा बनिसकेको छ ।

प्रतिक्रिया