काठमाडौं । एनसेलले आफूसँग आवद्ध रहेका खुद्रा बिक्रेता, साना पसल गर्ने व्यवसायीलाई सहयोग गर्ने उद्देश्यले नयाँ कार्यक्रम सञ्चालन गरेको घोषणा गरेको छ । आफ्नो च्यानल इकोसिस्टमको प्रत्येक तहलाई सशक्त बनाउने प्रतिबद्धता अनुरुप एनसेलले देशभरका खुद्रा विक्रेताहरूलाई प्रोत्साहन र पुरस्कृत गर्न बृहत रिटेल इन्गेजमेन्ट प्रोग्राम लागु गरेको छ । कार्यक्रम देशभर रहेका ५० हजार बढी खुद्रा बिक्रेतालाई लक्षित रहेको छ । कार्यक्रममा सहभागी हुने खुद्रा विक्रेताले सिम कार्ड र प्याकको बिक्री बापत निश्चित प्वाइन्ट आर्जन गर्ने अवसर पाउँछन् । यसरी आर्जन गरिएको प्वाइन्टहरुको आधारमा उनीहरुले टेलिभिजन, स्मार्टफोन, स्मार्टवाच, पावर बैंक र ब्लुटुथ स्पिकरसहित विभिन्न आकर्षक उपहारहरू पाउन सक्छन् ।
कार्यक्रममा पाँच सयभन्दा बढी फिल्ड फोर्स टोली सदस्यहरू संलग्न हुनेछन् । प्रत्येक महिना १५० भन्दा बढी सदस्यहरुलाई उनीहरूको उत्कृष्ट कार्यका लागि प्रोत्साहन स्वरुप विभिन्न उपहारहरु प्रदान गरिन्छ । एनसेल आफ्ना च्यानल साझेदारहरूको अमूल्य योगदानको कदर गर्ने जनाएको छ । हाल सञ्चालनमा रहेको रिटेल इन्गेजमेन्ट प्रोग्राम र अरु कार्यक्रमहरुका साथ, एनसेल आफ्नो साझेदारी सुदृढ गर्ने, पारस्परिक समृद्धिका लागि काम गर्ने र आफ्ना ग्राहकलाई निरन्तर गुणस्तरिय सेवा प्रदान गर्ने लक्ष्यका साथ कार्य गरिरहेको पनि विज्ञप्तिमा उल्लेख छ ।
प्रतिक्रिया