यहाँ जम्माजम्मी दुईटा कुराहरु छन् समाजवादसँग सम्बन्धित । पहिलो कुरा हो प्रकृति र दोस्रो कुरा हो मान्छे । प्रकृति यसमानेमा पहिलो हो कि प्रकृति माथिनै मान्छेको अस्तित्व अडिएको छ । तर फेरि मान्छेद्वारानै प्रकृति संरक्षित हुने वा नष्टहुने कुरा पनि छ । यसको साथसाथै प्रकृति छ र त मान्छेको अस्तित्व पनि छ । प्रकृतिबिना मान्छेको मात्रै होइन, अरु जिवात्माको पनि अस्तित्व रहने छैन ।
मैले बुझे अनुसार देश, समाज, मान्छे , प्रकृति , साहित्य , संस्कृति , कला, व्यापार, उद्योग , कृषि , राजनीति भनेको नै राष्ट्र निर्माणका भिजनहरु हुन् । अरु पनि धेरै कुराहरु लेख्न सकिन्छ भिजन के हो भनेर । शिक्षा , स्वास्थ्य , रोजगारी , सडक, बिजुली , पानी , ओैषधि, पर्यटन आदि पनि भिजननै हुन् ।
मेरो बिचारमा यिनै भिजनहरुलाई पुरागरेर जनतालाई उपलब्ध गराउनुनै अथवा यस्तै कामहरुको नतिजानै समाजवाद हो । तर हामीले समाजवादलाई नेपालीहरुलाई चन्द्रमामा पठाउने कठिन हुने जस्तो कठिन बनाइदिएका छौं । समाजवादतर्फ हिड्न, समाजवादमा पुग्न सम्भवनै छैन, यो धेरै कठिन काम हो भन्नेजस्तो भाष्य बनाइदिएका छौं । देश निर्माणको भिजनलाई अर्थात समाजवादलाई पाण्डोराको बाकस जस्तो अगम्य, छिचोल्नै नसकिने, बुझ्नै मुस्किलपर्ने, कठिन र रहस्यमय जस्तो बनाउने काम भएको छ । खासमा समाजवाद असाध्यै सरल छ, बोधगम्य छ, साधारण छ । भिजन लागुगर्ने कामनै समाजवादको काम हो । समाजवादले सबैलाई उत्तिकै महत्वका साथ र समानरुपले समेट्ने कामगर्छ । चाहिएको केवल भिजन अनुसारको काम हो ।
यहाँ जम्माजम्मी दुईटा कुराहरु छन् समाजवादसँग सम्बन्धित । पहिलो कुरा हो प्रकृति र दोस्रो कुरा हो मान्छे । प्रकृति यसमानेमा पहिलो हो कि प्रकृति माथिनै मान्छेको अस्तित्व अडिएको छ । तर फेरि मान्छेद्वारानै प्रकृति संरक्षित हुने वा नष्टहुने कुरा पनि छ । यसको साथसाथै प्रकृति छ र त मान्छेको अस्तित्व पनि छ । प्रकृतिबिना मान्छेको मात्रै होइन, अरु जिवात्माको पनि अस्तित्व रहने छैन ।
मान्छेलाई चाहिएको पहिलो कुरा हो खाने, बस्ने र लाउने । कम्युनिस्टहरुले, बामपंथीहरुले यसलाई गास , बास र कपास भन्छन् । हामी केटाकेटी हुँदा, बिद्यार्थी हुँदा र कम्युनिस्टहरु भुमिगत रहेर संघर्ष गरिरहेका बखत यिनीहरुको पहिलो माग पनि गास ,बास र कपासनै रहनेगथ्र्यो । तर अहिले यस्ता मागहरु छैनन् । यसपछि चाहिन्छ स्वास्थ्य , शिक्षा र रोजगार । जनवादी शिक्षा , निशुल्क शिक्षा र स्वास्थ्य अनि योग्यता अनुसारको काम र आवस्यकता अनुसारको ज्याला भन्ने नारा हुन्थे, माग हुन्थे । तर आजभोलि यस्तो माग सुनिन छोडेको छ ।
जे समाजवाद हो त्यो नभए नभएपछि समाजवाद आउने कुरा पनि भएन । खाने, बस्ने र लाउने कुरा मान्छेले राम्रो र जीवनोपयोगी शिक्षा ,निरोगी शरीर र आवस्यकता अनुसारको रोजगारीबाट प्राप्त गर्ने हो । यो आकासबाट बर्सिने कुरा होइन । यो हामीले बनाएरनै बन्ने कुरा हो । यति सामान्य कुरा पनि हामीले बनाउन सकिरहेका छैनौं । हामी अहिले कुन अवस्थामा छौं त अर्थात हामीले के के काम ग¥यौं त अथवा बनायौं त ? यो समयमा जनताको आयको श्रोत बनाउन भनेर हे¥यौं भने त्यो शुन्य जस्तै छ । पञ्चायतलाई छोडेर कुरागर्दा पनि हामी नयाँ ब्यवस्थामा प्रबेश गरेको अहिले साढे तीनदशक पूरा भएको छ । यो समयावधि भित्र देशले विभिन्न किसिमका उतार–चढावहरु बेहोर्नुपरेको कुरामा दुईमत छैन । तर गणतन्त्रको यात्रामा , समाजवाद तर्फको यात्रामा हिँडेको पनि करिब–करिब एकदशक हुन लागिसकेको छ नि त । यो समय छोटोे समय होइन कामगर्नको निम्ति ।
यी भिजनहरुलाई लागुगर्न यो समय प्रयाप्त हो । शिक्षा कस्तो हुनुपर्ने हो र त्यो कसरी बन्छ भन्नेकुरा थाहा नभएको होइन । स्वास्थ्य प्रणाली कस्तो बनाएमा त्यो सबैको सामथ्र्यभित्र पर्छ भन्ने पनि थाहा भएकै कुरा हो । रोजगारी कसरी सृजना हुन्छ भनेर पनि नजानेको होइन । प्रकृतिको संरक्षण गर्ने, कला , साहित्य र संस्कृतिको निर्माण , संरक्षण र बिकासगर्ने , उद्योग कलकारखाना खोल्ने, धेरै उत्पादन हुने खेतीगर्ने तरिका अपनाउने आदि आदि लगायतका कुराहरु हामीलाई थाहानै भएको बिषय हो । सफा पानी पिउनुपर्छ भनेर नजान्ने को छ यहाँ ? वडाध्यक्ष्य देखि प्रधानमन्त्रीसम्म सबैलाई थाहा छ । थाहा नभएको भए यिनले ‘मिनरल वाटर’ किन पिउँथे र ? सबै कुरा थाहा भएकै कुराहरु हुन् । यी सबै बिषयहरु असाध्यै सामान्य, बोधगम्य र सरल छन् । त्यसकारण समाजवाद पनि सामान्य छ, बोधगम्य छ र सरल छ । तर हामी आफैले यसलाई धेरै कम्प्लिकेटेड बनाएर बसेका छौं र यसतर्फ काम नगरि बसेका छौं ।
देशमा भएका उद्योग तथा कलकारखानाहरु बन्द भएपछि नयाँ उद्योग कलकारखानाहरु किन खोलिएनन् ? तिनै बन्द भएकाहरु पुनः सञ्चालनमा किन ल्याउन सकिएन ? धेरै उत्पादनहुने खेतीगर्न चाहिने सिंचाईको निम्ति नहर बनाउने काम किन गरिएन ? देशमा उद्योग कलकारखाना नभएपछि रोजगारी कसरी सृजना हुनसक्छ त ? सिचाइको प्रबन्ध नभएपछि , मलबिउ समयमा नपाएपछि धेरै उब्जनी कसरी हुन्छ ? कुनै पनि क्षेत्रमा पाइने रोजगारी भनेको आयको स्रोत हो मान्छेको । मान्छेले शिक्षा हासिल गर्ने कुरा, निरोगी रहने कुरा उसको घरको आयले तय गर्ने हो । खास गरेर गरिब, मजदुर तथा किसानको आयलाई आवस्यकता अनुसारको र त्यसलाई सुनिश्चित गराउने काम न त केन्द्रीय सरकारले गरेको छ न त प्रदेश न त स्थानीय सरकारलेनै रोजगारी सृजनागर्ने काम गरेको छ ।
आफुलाई बामपंथी भन्ने, क्रान्तिकारी भन्ने र अहिले समाजवादी भन्न र भनिन रुचाउने मानिसहरुले तिनैतहका सरकारहरुमा नेतृत्व गरिरहेका छन् तर पनि कामहरु हुनभने सकिरहेका छैनन् । किन यस्ता कामहरुगर्न मान्छेहरु अनिच्छुक भएका होलान् ? यिनलाई अल्छी भन्ने कि बेइमानी भन्ने ? यस्तो भएपछि नेतृत्व माथि, प्रणाली माथि अविश्वास पैदा हुनु स्वाभाविक हो । अहिले जनताले किन नेताहरु प्रति शंकाको नजरले हेर्न शुरु गरेका छन् त भन्दा यिनै कुराहरुले हो । भन्नलाई समाजवादको आधारशिला तयारपार्ने भनेर भन्ने तर कामभने बुर्जुवाको हितमा गर्ने । यो डरलाग्दो बिरोधाभाष छ ।
मान्छेलाई चिन्ने सिद्धान्तले होइन ,उसले देश र जनताको निम्ति गरेको कामले हो । राजतन्त्र फालियो, जनताले फाले तर मान्छेले राजा पृथ्वीनारायण शाह र महेन्द्रलाई किन संझिन्छन् त भन्दा उनीहरुले पु¥याएको योगदानको कारणले हो । इतिहासले देउवा, ओली,प्रचण्ड ,झलनाथ ,माधवलाई केको निम्ति संझेला ? संझिन आवश्यक ठान्ला ? पञ्चाय र राजतन्त्र फाल्नमा , गणतन्त्र ल्याउनमा योगदान नभएको होइन । तर ती योगदानलाई अन्य कामले नढाक्ने हो भने त्यो योगदानको महत्वलाई मान्छेले संझिन छोड्छन् । हाम्रा नेताहरुको योगदान लगातार फिक्काफिक्का हुँदैजाँदो छ ।यो भन्दा धेरै कति भन्नु ?
राजाको पालादेखि आजका मितिसम्म पनि हामी भिजनलेस मानिसहरुबाट शासित छौं भन्दा फरक पर्दैन । किनभने भिजन भनेको जनतालाई शिक्षित बनाउनु हो , जनतालाई निरोगी बनाउनु हो , देशमा रोजगारी सृजनागरी बेरोजगारीको अन्त्य गर्नु हो , कृषि उत्पादन बढाउनु हो , सुशासन दिनु हो , गरिबी हटाउनु हो , भ्रष्टाचार हुन नदिनु हो । भिजन भनेको ‘पाण्डोरा बक्स’ होइन । सानासाना कामहरु गर्नुनै भिजन हो । र यस्तै हो समाजवाद भनेको पनि । तर यहि कुराको अभावनै आजको मुल चिन्ताको बिषय हो ।
प्रतिक्रिया