सिरहा । सिरहामा बारुद भरिएको दुई वटा भरुवा बन्दुक फेला परेको छ ।
जिल्लाको गोलबजार नगरपालिका– १० धरमपुरस्थित ईलाका प्रहरी कार्यालय गोलबजार सिरहाबाट टोली गस्ती गर्दै जाँदा पोखरी बाँध नजिक नाम, थर वतन नखुलेका अन्दाजी १०–१५ जना युवाहरुले प्रहरी टोलीलाई देखेर बोकेर ल्याएको बोरा छाडी जंगलतर्फ भागेको र प्रहरीले उक्त बोरा खोलेर हेर्दा बारुद भरिएको दुई वटा भरुवा बन्दुक फेला परेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।
फेला परेको सो भरुवा बन्दुक अनुसन्धानको लागि इलाका प्रहरी कार्यालय गोलबजार सिरहा लगिएको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया