कुकुरको टोकाइबाट घाइतेको अवस्था बुझ्न नगरप्रमुख काफ्ले घर–घरमा

पाँचथर । जिल्लाको फिदिम नगरपालिका प्रमुख मित्रप्रसाद काफ्ले कुकुरको टोकाइबाट घाइते भएका बिरामीको स्वास्थ्य अवस्था बुझ्न घर–घरमा पुगेका छन् । फिदिम बजारभित्र एक साताअघि देवकला बराल लगायत ९ जलाई भुसिया कुकुरले टोकेको थियो ।

कुकुरको टोकाइबाट घाइतेहरु पाँचथर जिल्ला अस्पतालमा रेबिज विरुद्धको भ्याक्सिन लगाएर घर–घरमा छन् । बिरामीको थप स्वास्थ्य अवस्था बुझ्न काफ्ले देवकलाको घरमा पुगेका हुन् । कुकुरको टोकाइबाट घाइते बिरामीको अवस्था बुझ्न नगरप्रमुख काफ्ले घरमा आएको नगरका पञ्जिकरण शाखा प्रमुख सुमन बरालले बताए ।

गाउँबाट शहर पसेका कुर घर फर्कन बिर्सिएर बजारमा बस्ने गर्दछन् । भुसिया कुकुर नियन्त्रण गर्न नगरले वडा नम्बर ४ फोहोर डम्पिङ साइड थाक्लेमा रहेको भवनमा फलामको तारजाली बनाई क्वारेन्टाइनमा राखिएको ४ नम्बर वडाध्यक्ष उपेन्द्र लावतीले जानकारी दिए । भुसिया कुकुर नियन्त्रण तथा समात्न पशु स्वास्थ्य कर्मी र नगर प्रहरी, सुरक्षा समेत्नेकाम धमाधम कार्य भइरहेको जनाइएको छ ।

प्रतिक्रिया