युवा नेता मिरोज समानीद्वारा एमाले पार्टी परित्याग

पर्सा । युवा नेता तथा राष्ट्र्यि युवा संघ नेपालका महाधिवेशन प्रतिनिधि मिरोज समानीले नेकपा एमाले पार्टी परित्याग गरेका छन् । समानीले शनिबार समाजिक सञ्जालमार्फत आफूले नेकपा एमाले पार्टी परित्याग गरेको बताएका हुन् ।

उनले पर्सा जिल्लाका केही नेताहरुले एमालेलाई प्राइभेट लिमिटेड कम्पनी बनाएर पार्टीलाई सीमित गरेको दाबी समेत गरेका छन् । उनले स्थानीय नेताहरुले युवालाई काममा मात्र खोज्ने र काम सकेपछि ठक्कर दिने काम गरेका कारण आफूले पार्टी परित्याग गरेको बताएका छन् ।

युवा नेता समानीले भने, ‘मैले दुई वर्ष निस्वार्थ भावनाले पार्टी र संगठनको काम गरेँ तर नेताहरुले आफ्नो काम निकालेर हाम्रा काम पर्ने बित्तिकै सम्पर्कविहिन हुने कार्य गरेका छन् । उनले एमालेमा युवाहरुलाई जिन्दावाद र मुर्दावाद नाराको लागि मात्र राखिएको र यस्तो पार्टी भन्दा आफू स्वतन्त्र नै बस्नु ठिक रहेको जिकिर गरेका छन् ।

प्रतिक्रिया