काठमाडौं । मोरङमा ट्रक पल्टिएर च्यापिएका तीन बालबालिकाको मृत्यु भएको छ । जिल्लाको बुढीगंगा गाउँपालिकास्थित निमुवामा घरमाथि मालवाहक ट्रक पल्टिँदा तीन जना बालबालिका थिए ।
तर उनीहरुको मृत्यु भएको प्रहरीले जनाएको छ । आज बिहान भएको घटनामा चार वर्षीय जुम्ल्याहा बालबालिकासहित तीन जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
उक्त दुर्घटनामा मृत्यु हुनेमा बुढीगंगा–४ निवासी ज्योति अधिकारीका छोरी इसिता, छोरा निशान्त र अर्का सन्जु खवासको ८ वर्षीया छोरी रिहा खवास रहेको जिल्ला प्रहरी कार्यालय मोरङका डिएसपी रञ्जनकुमार दाहालले जानकारी दिए ।
प्रतिक्रिया