नेपालमा इसाइकरणको पहिलो खुड्किलो वामपन्थी र थेरवाद

ल्हारक्याल लामा नियुक्ति भएर गएपछि समितिको बैठकबाट संविधान ऐन कानुन बमोजिम र सम्बन्धित निकायको स्वीकृत लिएर मात्रै पूर्व समितिले गरेको सम्झौता लागू हुन्छ भनेर पूर्वसम्झौतालाई अगाडि बढ्न नदिएपछि अहिले त्यही शक्तिहरूले ल्हारक्याल लामाको विरुद्धमा त्यहाँका स्थानीय हिन्दू भनौदोहरूलाई उठाएर विभिन्न ज्ञापनपत्रको साथमा अल्टिमेटम दिएर हरेक काममा अवरोध सिर्जना गर्ने काम भइरहेको जानकारी प्राप्त भइरहेको छ ।

मोहन लामा रुम्बा

लुम्बिनीको पुरातात्विक क्षेत्र रामग्राम ‘प्रमिस ल्यान्ड’ नाम गरेको एउटा कम्पनीलाई ९९ वर्ष लिजमा दिने निर्णय खारेज त भयो तर एउटा अर्को प्रश्न उठिरहेको छ । यो कम्पनीले आफ्नो नाम किन ‘प्रमिस ल्यान्ड’ भनेर राखेको होला ? यसको अर्थ के होला ? भनेर बुझ्दै जाँदा यो त इसाई मुसाई अब्रहामिक धर्मको महत्वपूर्ण अर्थ राख्ने अब्रहामिक धर्मसँग जोडिएको नाम पो रहेछ ।

बुझ्दै जाँदा प्रमिस ल्यान्ड अर्थात प्रभु येशुले गरेको प्रतिज्ञाभूमि भन्ने पो रहेछ । अब्राहम तथा उनी पूर्वका दूतहरूले परमेश्वरको आरधाना गरे वापत अब्राहमिक अनुयायीहरूलाई एउटा सुन्दर पवित्र सहर वा क्षेत्र भूमि दिने भनेर प्रतिज्ञा (प्रमिस)गरेका रहेछन् । जुन क्षेत्रको सहर दूध र महको भूमिजस्तो पवित्र सहर हुनेछ भनेर हिब्रु धार्मिक पाठ टोरामा लेखिएको रहेछ । अहिलेको इजरायल प्यालेस्टाइनको द्वन्द्वग्रस्त भूमि यही प्रतिज्ञा भूमि अर्थात प्रमिस ल्यान्डको रूपमा तीनै वटा अब्राहमिक पन्थले आआफ्नो प्रमिस ल्यान्ड भनेर दाबी गर्दै आइरहेका छन् ।

यो बुद्धको पवित्र भूमि रामग्राम क्षेत्रलाई ९९ वर्ष सम्मलाई प्रोमिस बिलम नामको प्राइभेट कम्पनीको कब्जामा पु¥याउने काममा तत्कालीन उपाध्यक्ष अवधेश त्रिपाठी र कम्पनीको साहु जो प्रचण्डको घरबेटी भनेर भन्ने गरिन्छ यी सबैको मिलोमतोबाट एउटा ठूलै षड्यन्त्रको तानाबाना बनाएको रहेछ । हामीले के भुल्न हुँदैन भने यसमा स्वदेशी ठेकेदार वा कम्पनीको मात्रै करामत होला भनेर नसोचौँ किनभने यसमा अन्तर्राष्ट्रिय चलखेल भएको यसकारणले पनि अनुमान गर्न कठिनाइ हुँदैन कि लुम्बिनी विकास कोषसँग कम्पनीले गरेको सबै सम्झौता पत्र अंग्रेजीमा गर्नुले पनि यो राष्ट्रिय कम्पनीसँग मात्रै होइन भनेर अनुमान लगाउन सक्दछौँ ।

यो सम्झौता गर्ने पूर्वउपाध्यक्ष अम्बेडकरवादी बौद्ध भिक्षु अवधेश त्रिपाठी हुन् र तिनी त्यहीँका स्थानीय व्यक्ति पनि हुन् । ल्हारक्याल लामा नियुक्ति भएर गएपछि समितिको बैठकबाट संविधान ऐन कानुन बमोजिम र सम्बन्धित निकायको स्वीकृत लिएर मात्रै पूर्वसमितिले गरेको सम्झौता लागू हुन्छ भनेर पूर्वसम्झौतालाई अगाडि बढ्न नदिएपछि अहिले त्यही शक्तिहरूले ल्हारक्याल लामाको विरुद्धमा त्यहाँका स्थानीय हिन्दू भनौंदोहरूलाई उठाएर विभिन्न ज्ञापनपत्रको साथमा अल्टिमेटम दिएर हरेक काममा अवरोध सिर्जना गर्ने काम भइरहेको जानकारी प्राप्त भइरहेको छ ।

अम्बेडकरवादी बौद्ध भिक्षु अवधेश त्रिपाठीको कार्यकालमा हिन्दू धर्मावलम्बीहरूलाई लुम्बिनीभित्र छिर्न विभिन्न बन्देज लगाउने, रामनामी लगाएर जानेलाई गेटमा खोल्न लगाउने, पीपलको फेदमा पूजा गर्न नदिने, बाजागाजा बजाउन नदिने गर्दासमेत दशकौँसम्म चुपचापले बस्ने त्यहाँका स्थानीय हिन्दूहरू अहिले बज्रयानी ल्हारक्याल लामा नियुक्ति भएदेखि स्थानीयको गुनासो भन्दै विभिन्न माग तेर्साउँदै अल्टिमेटम दिएर काममा अवरोध पु¥याउन खोजिँदै छ । यो सबै गतिविधिको तार कता न कतै एकै स्विचमा गएर जोडिएको छ । सबैलाई चेतना भया ।

अम्बेडकरवादी भिक्षुलाई कानुन लाग्छ कि लाग्दैन ?

विनाप्रतिस्पर्धा विनाबोलपत्र आह्वान रामग्राम स्तुपा ९९ वर्ष एउटा निजी कम्पनीलाई खुसुक्क दिने काम नेपालको प्रचलित ऐनकानुन विपरीत हो कि होइन ? यदि हो भने ऐनकानुन विपरीत सम्झौता गर्ने तत्कालीन लुम्बिनी विकास कोषको अम्बेडकरवादी उपाध्यक्ष त्रिपाठीलाई मौजुदा ऐन बमोजिम कारबाही हुनुपर्छ कि पर्दैन ? सम्झौतापत्र अंग्रेजीमा लेखिएको छ । लिजमा लिने कम्पनी नेपाली, जमीन नेपालको हस्ताक्षरकर्ता अधिकारी सबै नेपाली तर सम्झौतापत्र अंग्रेजीमा बनाउनुपर्ने तात्पर्य के थियो ? यो पत्र कुनै विदेशीलाई बुझाउनपर्ने वाध्यता पो थियो कि ? कुनै एक नेपालीलाई अगाडि सारेर विदेशीको घुसपैठ त थिएन ? खोजी गरोस् ।

समितिमा ल्हारक्याल लामा आएपछि अघिल्लो उपाध्यक्षले गरेको सम्झौता अनुसारको काम अगाडि बढाउन भनेर कम्पनीले पत्राचार (दबाब) गरेपछि ल्हारक्याल लामाले फेरि अर्को एउटा सर्त राखेर खुट्टा तेस्र्याएछन्, ‘माथि उल्लिखित (पहिलो सम्झौता)जेसुकै भए पनि अब नेपालको संविधान कानुन तथा सम्बन्धित निकायको पूर्व स्वीकृतिमा मात्रै गर्ने ।’ उनले यति भनेर कानुनी अड्चन झुन्डाएर सम्झौताको कागजात टेबुलमा घुमाउन थालेपछि मात्रै यो काण्ड बाहिर आइपुगेको रहेछ ।

चोरले कुखुरा चोरेर लगेर गयो, प्रहरीले चोरलाई पक्राउ ग¥यो, चोरले लौ कुखुरा फिर्ता गर्छु भनेर फिर्ता ग¥यो भने कानुनी रूपमा माफी हुन्छ ? हाल सम्झौता रद्द भएको छ, तर नेपालको संविधान ऐनकानुन मिचेर गरेको गैरकानुनी सम्झौता गर्ने तत्कालीन अधिकारीहरू कानुनको दायरामा आउन पर्छ कि पर्दैन ? कि संघीय लोकतान्त्रिक गणतन्त्रमा यस्तै हो ?

बुद्धको अस्तु धातु रहेको पवित्र बौद्ध स्थल रामग्रामलाई ९९ वर्षसम्म भनेर बेच्दा पनि नेपालमा रहेकोे आफूलाई बौद्ध धर्मको ठेकेदार ठान्नेहरू कोही पनि बोलिएन त ? बौद्ध संघ, बौद्ध महासंघ अन्तर्राष्ट्रिय बौद्ध संघ नानाथरीका साइनबोर्ड झुन्डाएर अफिस खोलेर बस्नेहरू कहाँ हराए ? ९९ वर्षसम्म भनेको थोरै हो र ? एउटा शताब्दी हो, एक शताब्दीसम्म बुद्धको पवित्र स्थल एउटा निजी कम्पनीलाई बेचबिखन गरेको घटना बाहिर आउँदासमेत एउटा प्रेस विज्ञप्ती निकाल्न नसक्नेहरू भनेको उदेकलाग्दो कुरा होइन ?

हेर्नुपर्ने अब । यो बेचबिखनमा संलग्न थेरवादी भिक्षु त्रिपाठीलाई नेपालको थेरवादी भिक्षु संघबाट स्पष्टीकरण लिएर कारबाही गर्छ कि गर्दैन ? वा उनी हाम्रो नेपालको बौद्ध भिक्षु संघमा आबद्ध भएको पात्र नै होइन भनेर आफ्नो स्पष्टीकरण दिने छ ? आगामी दिनमा रोचक मानेर हेर्दै जानुपर्ने हुन्छ । यो मुद्दालाई संसदीय समितिमा जोड्दार ढंगले आवाज उठाएर सम्झौता रद्द गर्न बाध्य तुल्याउने माननीय राजेन्द्र लिङ्देन र माननीय ज्ञानेन्द्र शाहीलाई नेपालको बौद्ध संघ संस्थाको तर्फबाट संस्थागत बधाईसम्म दिन्छन् कि दिँदैनन् होला ? त्यो पनि अर्को रोचक मानेर हेर्दै छु ।

महायान बज्रयान सम्प्रदायलाई इसाइहरूले भित्रभित्र थेरवादीकरण त्यसै गराई रहेको छैनन् । इसाइकरणको पहिलो खुड्किलो भनेको वामपन्थी र थेरवाद बौद्ध हो, र नेपालमा बामपन्थी र थेरवादको साइनो लामो रहेकोे छ । धर्म नै नमान्ने वामपन्थी पार्टीले राष्ट्रिय सभामा अहिलेसम्म एउटा हिन्दूको गुरु लगेको छैन, न त एउटा बज्राचार्य गुरु अथवा लामालाई नियुक्त गरेको छ तर माओवादी पार्टीदेखि एमाले पार्टीको कोटाबाट २०५० सालदेखि राष्ट्रिय सभामा थेरवादी भिक्षुहरूलाई सधैँ प्रतिनिधित्व गराउँदै आइरहेको छ किन ? कसरी ? तादाम्य बुझ्ने काम तपाईंहरूको ।

लुम्बिनी विकास कोषमा उपाध्यक्ष पद बल्लतल्ल ल्हारक्याल लामाले (त्यो पनि बोरामा हालेर, त्यसको दमले) उछिट्याएका हुन । नभए वामपन्थीको कोटामा अहिलेसम्म अधिकांश उपाध्यक्ष पद थेरवादीले पड्काइरहेका थिए । त्यति मात्र होइन नेपालमा हिन्दूका कुनै सर्वोच्च पिठाधीश मठाधीश, योगी, महायोगी, नरहरिनाथ, खप्तड बाबा, शिवपुरी बाबा गलेश्वर बाबाजस्ता सिद्ध सन्त महात्मा हिन्दू गुरुहरूको देहावसान हुँदा राज्यले राष्ट्रिय सम्मान अहिलेसम्म दिएको इतिहास छैन न त बज्रयानका आधुनिक जग बसाल्ने शीर्ष गुरुहरू बद्री बज्राचार्य, पण्डित दिव्य बज्राचार्यजस्ता सिद्धहस्त गुरुदेखि महायोगी च्यटुल रेम्पुर्छे एवं कर्मज्ञान सागर लामाजस्तो महायोगी तपस्वीहरूले नै राष्ट्रिय सम्मान पाए । तर वामपन्थी सरकारले भन्तेहरू मर्दा पटकपटक नेपाली सेना लगेर बन्दुक पड्काएर सलामी चढाउन लगाइरहेकोे छ किन ? कसरी ? वामपन्थी थेरवादीको तादम्य बुझ्ने काम तपाईंहरूको ।

उहिले उहिले राणा सरकारले थेरवादी भन्तेहरूलाई नेपालमा विदेशी धर्म फैलाउन आएको भनेर देशनिकाला गरेको थियो । त्यो किन गरेको थियो ? कारण के थियो ? भनेर यी लाटा बज्रयानी बज्राचार्य गुरुहरू, हाम्रा लामा गुरुहरू र यहाँका लन्ठु हिन्दूका जमातहरूले भित्री कुरा नबुझ्दासम्म वामपन्थी थेरवादी र इसाइकरणको अघोषित गठबन्धनले नेपालमा अझै उधुम मच्चाइरहनेछ । हेक्का राख । कसैकसैलाई मेरो यो कुरा तीतो लाग्ला, तर औषधि तीतो हुन्छ । पचाउने हिम्मत गर । यथार्थ चुरो कुरा यही हो ।

प्रतिक्रिया