छायानाथले बनायो आफ्नै पहिचान झल्किने लोगो

मुगु । जिल्लाको एक मात्र नगरपालिका छायानाथ रारा नगरपालिकाले आफनै पहिचान झल्किने लोगो निर्माण गरेको छ । स्थानीय सरकारले आफ्नै पहिचान झल्किने गरी प्रतीक चिन्ह लोगो बनाउन पाउने व्यवस्थाअनुसार छायानाथ रारा नगरपालिकाले आफ्नै पहिचान झल्किने प्रतीक चिह्न लोगो निर्माण गरेको हो ।

छायानाथ रारा नगरपालिकाको पर्यटन, पहिचान ऐतिहासिक जनजीवन, भूगोल सांस्कृतिक पहिचान झल्किने गरी छायानाथ रारा नगरपालिकाले प्रतीक चिह्न लोगा निर्माण गरेर सञ्चालनमा ल्याएको छायानाथ रारा नगरपालिकाले जनाएको छ ।

छायानाथ रारा नगरपालिका कार्यपालिकाको गत माघ २४ गते बसेको बैठकले स्थानीय सरकारले आफ्नै पहिचान झल्किने गरी प्रतीक चिन्ह लोगो बनाउन पाउने व्यवस्थाअनुसार स्थानीय सरकार छायानाथ रारा नगरपालिकाले पनि आफ्नै पहिचान झल्किने लोगो निमार्ण गर्ने नगर कार्यपालिकाको निर्णयसँगै छायानाथ रारा नगरपालिकाको पहिचान झल्किने यस नगरपालिकाभित्र रहेका पर्यटकीय क्षेत्र नेपालको सबैभन्दा ठूलोताल रारा ताल, चंखेली हिमाल, छायानाथ मन्दिर र धानाका बाला नगरपालिकाको नक्सा, नेपालको नक्सा, राष्ट्रिय झण्डा लगायतका पर्यटकीय क्षेत्र समावेश गरेर नगरपालिकाको लोगो निर्माण गरेको छायानाथ रारा नगरपालिका नगरप्रमुख विष्णुकुमार भामले जानकारी दिए ।

उनका अनुसार बुधबारदेखि नेपाल सरकारको लोगो र स्थानीय सरकार छायानाथ रारा नगरपालिकाको लोगो सहितको लेटरहेड पनि सञ्चालनमा ल्याएको नगरप्रमुख भामको भनाइ छ ।

प्रतिक्रिया