सप्तरी । सप्तरी जिल्लालाई कार्यक्षेत्र बनाएर पत्रकारिता गर्दै आएका दुई जना पत्रकार बिहीबार पुरस्कृत भएका छन् ।
पत्रकार लोकेन्द्र बुढाथोकीको स्मृतिमा नेपाल पत्रकार महासंघ सप्तरीले स्थापना गरेको लोकेन्द्र स्मृति पत्रकारिता पुरस्कार यसवर्ष पत्रकार डम्बरप्रसाद राइलाई प्रदान गरिएको छ । प्रेस चौतारीका जिल्ला अध्यक्ष तथा पब्लिक प्रेस दैनिकका कार्यकारी सम्पादक राईलाई कार्यक्रमका प्रमुख अतिथि आमसञ्चार प्राधिकरणका अध्यक्ष श्यामसुन्दर यादवले नगद ५ हजार ५ रुपैयाँसहित पुरस्कार प्रदान गरेका छन् ।
नेपाल पत्रकार महासंघ सप्तरी शाखाले आयोजना गरेको ३०औँ लोकेन्द्रकुमार स्मृति दिवसको अवसरमा उनलाई सम्मानित गरेको छ । राय पब्लिक प्रेस दैनिकको कार्यकारी सम्पादक रही करिब एक दशकभन्दा अगाडिदेखि पत्रकारिता क्षेत्रमा आवद्ध छन् । नेपाल पत्रकार महासंघ सप्तरी शाखाका पूर्वसचिव हुन् ।
यसैगरी सोही समारोहमा आजको वातावरण दैनिकका सम्पादक एवं नेपाल पत्रकार महासंघ सप्तरीका पूर्वसभापति वैद्यनाथ झाले स्थापना गरेको वातावरण पत्रकारिता पुरस्कारबाट राससका पत्रकार अरुण कुमार यादवलाई सम्मानित गरिएको छ । यादव सप्तरीलाई कार्यक्षेत्र बनाएर राष्ट्रिय समाचार समितिअन्तर्गत राजबिराज संवाददाताको रूपमा रहेर कार्यरत छन् ।
सप्तरीका एक जना युवा पत्रकारलाई हरेक वर्ष प्रदान गरिँदै आएको यो पुरस्कार राजविराजबाट प्रकाशित आजको वातावरण दैनिक पत्रिकाका प्रकाशक÷सम्पादक तथा प्रेस स्वतन्त्रता सेनानी वैद्यनाथ झाले स्थापना गरेको उक्त पुरस्कार कार्यक्रमका प्रमुखअतिथि यादव र प्रकाशक÷सम्पादक तथा प्रेस स्वतन्त्रता सेनानी वैद्यनाथ झाले उक्त पुरस्कार प्रत्येक वर्ष पुस २६ गते उमा सिंह स्मृति दिवसको अवसर पारेर वितरण गरिँदै आएको छ ।
प्रतिक्रिया