परिवार नियोजन गराउने महिलालाई कम्बल वितरण

पर्सा । पर्साको बिन्दबासिनी गाउँपालिकाको सहयोगमा बहुवर्वास्थित राधा कृष्ण चौरसिया माध्यमिक विद्यालयमा संचालित निशुल्क परिवार नियोजन तथा बन्ध्याकरण शिविरमा परिवार नियोजन गराउने महिलालाई कम्बल वितरण गरिएको छ ।

सन्तानको रहर पुगीसकेका महिलाहरूका लागि लक्षित गरी सञ्चालन गरिएको शिविरमा परिवार नियोजन बन्ध्याकरण गराइसकेका २९ जना महिलाहरुलाई गाउँपालिका अध्यक्ष प्रमोद तिवारीले कम्बल वितरण गरेका हुन् ।

पालिकाका स्वास्थ्य संयोजक नरेश चौहानका अनुसार उक्त विद्यालयमा सञ्चालित निशुल्क परिवार नियोजन बन्ध्याकरण शिविर भोलि सम्म चल्ने छ ।

प्रतिक्रिया