महोत्तरीमा प्रहरीद्वारा दुई कठ्ठामा लगाइएको गाँजा खेती नष्ट

महोत्तरी । महोत्तरीको गौशाला नगरपालिका ११ स्थित सात नम्बर लक्ष्मीनिया टोलमा दुई कठ्ठामा लगाइएको गाँजा खेती प्रहरीले नष्ट गरेकाे छ । दुई कट्ठा जग्गामा उखु खेतको बीचमा लगाइएको गाँजा खेती प्रहरीले काटेर जलाएकाे हाे । विशेष सुराकीको आधारमा उखु खेतको बीचमा लगाइएको गाँजा खेती कान्तिबजार प्रहरी चौकीबाट खटिएको प्रहरी टोलीले बिहीबार काटेर नष्ट पारेकाे हाे ।

उखु खेतको बीच लगाएको गाँजा खेती नष्ट पार्न सफल भएका कान्तिबजार प्रहरी चौकीका इन्चार्ज प्रहरी सहायक निरीक्षक शर्माप्रसाद यादवले जानकारी दिए ।

त्यस ठाँउलगायत वरिपरिमा विगत लामो समय देखि गाँजा तस्करी फस्टाएको बताइन्छ । उक्त क्षेत्रमा उत्पादन हुने गाँजा लुकाईछिपाई भारतसम्म पुर्‍याउने गरिएको उनले बताए ।

ममता विश्वकर्मा

महाेत्तरी

प्रतिक्रिया