रौतहट । रौतहटको मध्यभाग गरुडामा सामुदायिक सिकाइ केन्द्रको क्षमता अभिवृद्धि तालिम सम्पन्न भएको छ । आसमान नेपाल, एसओडिसिसी पर्सा र पिन नेपालको आयोजना र शिक्षा विकास तथा समन्वय इकाइ रौतहटको समन्वयमा दुुईदिने तालिम भएको हो ।
निष्क्रिय रहेको सिकाइ केन्द्रलाई सक्रिय गर्न पालिकासँग समन्वय र सहकार्य गर्ने, सिकाइ केन्द्रको पदाधिकारी तथा सहजकर्ताको क्षमता अभिवृद्धि गर्न र आवश्यक आधारभूत सामग्री प्रदान गर्ने उद्देश्यले तालिम दिइएको परियोजना संयोजक जगदीप बण्ठाले बताए ।
तालिममा शिक्षा तालिम केन्द्र बाराका शाखा अधिकृत शिवशंकर चौधरीले शिक्षाका प्रकार, सामुदायिक सिकाइ केन्द्रको अवधारणा, सिकाइ केन्द्रसम्बन्धी नीतिगत र कानुनी प्रावधान, व्यवस्थापन समितिको भूमिका र सामाजिक परिचालकको भूमिका, सिकाइ केन्द्रको कार्यालय व्यवस्थापन, सामाजिक परीक्षण र स्रोत पहिचान, घटना अध्ययन र छलफल, सामुुदायिक सिकाइ केन्द्रको दीगो विकासको बारेमा जानकारी गराए ।
त्यस्तै उनले विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको मूलधारमा ल्याउन सामुदायिक सिकाइ केन्द्रको भूमिका, साक्षर पालिका अभियानमा सामुदायिक सिकाइ केन्द्रको भूमिका, बालिका तथा समावेशी शिक्षा सञ्जाल÷सामुदायिक सिकाइ केन्द्रको दीगो विकास, सामुुदायिक सिकाइ केन्द्रको कार्यक्रम अनुुसरण योजना बारेमा तालिम दिएका थिए ।
पहिलो चरणमा पुस २२ र २३ गते चलेको तालिममा जिल्लाको दुुर्गा भगवती गाउँपालिका, गरुडा नगरपालिका, कटहरिया नगरपालिका, बौद्धीमाई नगरपालिका र परोहा नगरपालिकाको सहभागिता थियो ।
यस्तै दोस्रो चरणमा राजपुर नगरपालिका, गढीमाई नगरपालिका, माधवनारायण नगरपालिका, मौलापुर नगरपालिका र यमुुनामाई गाउँपालिकाका थिए ।
तालिममा पहिलो चरणमा १५ जना र दोस्रो चरणमा १६ जना सहभागी थिए ।
मधेश ब्युराे प्रमुख
प्रतिक्रिया