आफन्तको कुटपिटबाट एकको हत्या

सिरहा । सिरहामा आफन्तको कुटाइबाट एक वृद्धको हत्या भएको छ । जिल्लाको धनगढीमाई नगरपालिका–१ सोनापुरका ६८ वर्षीय हेमप्रसाद यादवको कुटपिटका कारण मृत्यु भएको हो ।

उनको आफ्नै भाइ र भतिजको कुटपिटबाट मंगलबार मृत्यु भएको छ । यादवलाई भाइ गंगाप्रसाद र भतिज जिवछले कुटपिट गरेका थिए । निर्घात कुटिएका उनको त्यसैका कारण मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिराहका डिएसपी रविन्द्रराज पाण्डेले बताए ।

सीमानामा रहेको रुखको हाँगा काट्ने विषयमा दाजुभाइबीच झगडा भएको र झगडा उग्र भएपछि भाइ भतिजा मिलेर कुटेपछि वृद्धको मृत्यु भएको डिएसपी पाण्डेले बताए ।

कुटपिटबाट गम्भीर घाइते भएका यादवलाई उपचारको लागि प्रादेशिक अस्पताल लहान लगिएको थियो । अस्पताल पु¥याउँदा चिकित्सकले मृत घोषणा गरेका थिए ।

कुटपिटमा संलग्न बाबुछोरा फरार छन् । उनीहरूको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।

प्रदेशस्तरीय प्रथम तेक्वान्दो प्रतियोगिता हुने

जिल्लाको धनगढीमाई नगरपालिकामा प्रदेशस्तरीय प्रथम तेक्वान्दो प्रतियोगिता हुने भएको छ । नगरपालिका–९ जिरोमाइल स्थित निर्मल लामा कवर्ड हलमा परिसरमा प्रतियोगिताको आयोजना हुने पत्रकार सम्मेलनमार्फत जानकारी गराइएको छ । मधेस प्रदेशका आठ जिल्ला सहभागी हुने खेल आउँदो माघ ११, १२ र १३ गते हुनेछ ।

प्रतियोगितामा करिब नौ टिमको पुरुषतर्फ ३०–६३ केजी तौल समूह र महिलातर्फ ३०–५१ केजी तौल समूहबीच हुने प्रतियोगितामा पुरुषतर्फ करिब १ सय १७ खेलाडी र महिलातर्फ ७३ खेलाडी सहभागी हुनेछन् ।

प्रतिक्रिया