महाेत्तरीकाे गाैशालामा बालवालिकालाई शैक्षिक सामाग्री वितरण

महाेत्तरी । महाेत्तरीकाे गाैशालामा अतिजाेखिममा रहेका बालबालिकाहरुलाई शैक्षिक सामाग्री (वर्सरी स्पाेट) वितरण गरेको छ । बुधबार गाैशाला नगरपालिका १२ स्थित वडा कार्यालयकाे प्रांगणमा अति जाेखिममा रहेका मुसहर सामुदायका ९ जना बालबालिकाहरुलाई शैक्षिक सामाग्री (वर्सरी स्पाेट) वितरण गरेको हाे ।

सेभ द चिल्ड्रेनकाे सहयोग, सामुदायिक विकास तथा पैरवी मञ्च नेपाल बर्दिवासकाे आयोजना तथा वडा बालअधिकार समिति, गाैशाला नगरपालिका १२ काे समन्वयमा वडाभित्रका ९ जना मुसहर सामुदायका बालबालिकाहरुलाई शैक्षिक सामाग्री वितरण गरेका छन् ।

बर्दिवास र गाैशाला नगरपालिका अन्तर्गत अति जाेखिममा रहेका मुसहर सामुदायका १६३ जना बालबालिकाहरुलाई वितरण भईरहेकाे सामुदायिक विकास तथा पैरवी मञ्च नेपालका सामाजिक परिचालक छिरिङ दाेर्जे याेञ्जनले जनाए ।

सेभ द चिल्ड्रेन तथा सामुदायिक विकास तथा पैरवी मञ्च नेपाल बर्दिवासकाे सहयोगमा संचालित समुन्नति कार्यक्रम अन्तर्गत अति जाेखिममा रहेका बालबालिकालाई शैक्षिक सामाग्री वितरण गरेका हुन ।

शैक्षिक सामाग्रीहरु लाेगाे सहितकाे झाेला, जुत्ता, मुजा, पानीको बाेतल, कापी, डटपे, कलर पेन्सिल, स्कुल ड्रेस कपडा, सुइटर, ब्रस र पेस्ट लगायतका सामाग्री वितरण गरेका छन् । एकजना बराबर ३६९० रुपैयाँ शैक्षिक सामाग्री (वर्सरी स्पाेट) वितरण गरिएको छ ।

प्रतिक्रिया