सखुवाप्रसौनी गाउँपालिकाको १२औँ गाउँसभा शुरु

पर्सा । पर्साको सखुवाप्रसौनी गाउँपालिकाको १२औँ गाउँ सभा आज देखि शुरु भएको छ । सखुवाप्रसौ गाउँपालिकाको हिउँदे गाउँ सभाको उद्घाटन गाउँपालिका अध्यक्ष जसवन्त यादवले पानसबतीमा दिप बालेर गरे । भोली सम्म चल्ने गाउँ सभामा बजेटको अर्धबार्षिक समीक्षा र २०८०।८१ को बजेट संशोधन प्रस्तावमा छलफल गरिने कार्यक्रम रहेको गाउँपालिकाको प्रमुख प्रसाशकीय अधिकृत राजेशप्रसाद रौनियारले बताए ।

गाउँ सभा कार्यक्रममा उपाध्यक्ष शर्मिला बिस्ट महतो, वडाध्यक्ष बासदेव महतो थारु, चिरंजीबि महतो थारु, मोजामिल अन्सारी, आरिफ मियाँ , अशेषर प्रसाद यादव, मुन्ना प्रसाद लगायत कार्यपालिका सदस्य, गाउँपालिका सदस्य , गाउसभा सदस्य ,कर्मचारी लगायतको सहभागिता रहेको थियो ।

प्रतिक्रिया