रौतहट प्रहरीद्धारा भन्सार छलीका गाई-गोरु बरामद

रौतहट । रौतहट प्रहरीले भन्सार छलीको गाई, गोरु र बाच्छी बरामद गरेको छ । अवैध रुपमा भन्सार छली चोरी निकासी गरी लैजादै गरेको गाई, गोरु र बाच्छी बरामद गरेकाे प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय रौतहटकी प्रहरी प्रवक्ता प्रहरी नायव उपरिक्षक एलिजा गिरीले दिएको जानकारी अनुसार बुधवार विहान गौर नगरपालिका वडा नम्बर २ स्थित नेपालबाट अवैध रुपमा भन्सार छली चोरी पैठारी र निकासी गरी भारततर्फ लैजादै गरेको अबस्थामा गाई, गोरु र बाच्छी बरामद गरिएकाे हाे ।

प्रहरी चौकी महादेवपट्टी रौतहटबाट खटिएको प्रहरी गस्ती टोलीलाई देखि उक्त गाई र गोरु छाडी भागी तस्करहरु फरार भएका थिए । सो स्थानमा प्रहरी टोली गई वेवारिसे अबस्थामा रहेको गाई १० वटा, गोरु १ वटा र बाच्छी ६ वटा गरी जम्मा १७ बटा गाई, गोरु र बाच्छी बरामद गरेको उनले बताइन् ।

उनका अनुसार गाई, गोरुको मुल्य रु १ लाख ९६ हजार रहेको छ । बरामद गरिएको उक्त गाई,गोरु र बाछी आवश्यक कारवाहिको लागि गौर भंसार कार्यालय रौतहटमा दाखिला गरिएको गिरीले बताइन् ।

आरके श्रीवास्तव

मधेश ब्युराे प्रमुख

प्रतिक्रिया