पर्सा प्रहरीद्वारा भारतीय कुखुराको चल्ला नष्ट

वीरगञ्ज । भारतबाट अबैध रुपमा ओसारपसार गरेर ल्याइएको कुखुराकाे चल्ला नष्ट गरेको छ । भारतबाट अवैध रुपमा भारतीय बोईलर कुखुराको चल्ला पैठारी गर्ने कार्य नियन्त्रण तथा निरुत्साहित गर्नको लागि जिल्ला प्रहरी कार्यालय पर्साबाट बिशेष अभियान अन्तर्गत जिल्ला प्रहरी कार्यालय पर्सा खटीएकाे प्रहरी टाेलीले कुखुराको चल्ला नष्ट गरेको हाे ।

प्रहरी टोलीले वीरगञ्ज महानगरपालिका २१ डकैलाबहुअरीस्थित सडकखण्डबाट कुखुराकाे चल्ला बरामद गरेकाे हाे । भारतबाट नेपालतर्फ अवैध रुपमा ना.६ प ७६७२ र नम्बर उल्लेख नभएको मोटरसाइकमा भारतीय कुखुराको चल्ला ४२०० गोटा ल्याउदै गरेको अवस्थामा प्रहरी टोलीलाई देख्नासाथ उक्त कुखुराको चल्ला छाडी फरार भएकोले वेवारिसे अवस्थामा फेला पारी बरामद गरी क्वारेन्टाइन चेक पोष्ट सिर्सिया मार्फत वीरगञ्ज महानगरपालिका वडा नं.१९ तिलावे खोलाको बगरमालगी सो चल्लाहरू नष्ट गरिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

बरामद गरिएको कुखुराको चल्ला ३८०० ओसार पसार कार्यमा संलग्न रहेका BR05D 9725 र BR05Q 3265 नं मो.सा.र ऐ.२५ गते सोही स्थानबाट नम्बर उल्लेख नभएको पल्सर मोटरसाइकल र ना.६ प ७६७२ नम्बरको मोटरसाइकललाई थप अनुसन्धान तथा आवश्यक कारवाहीको लागि चार लाख पचास हजार मूल्याङकन गरी आवश्यक कारवाहीको लागि वीरगञ्ज भन्सार कार्यालय पर्सामा बुझाइएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता तथा सूचना अधिकारी प्रहरी नायब उपरिक्षक कुमार बिक्रम थापाले जानकारी दिए ।

प्रतिक्रिया