१ हजार ९५ लिटर घरेलु मदिरासहित हाईस र चालक नियन्त्रणमा

बारा । बाराबाट अवैध घरेलु तयारी मदिरा सहित हाईस र चालकलाई नियन्त्रणमा लिएको छ । अमलेखगंजबाट वीरगञ्ज तर्फ जादै गरेको ना. ८ ख. २८३१ नम्बरको हाईसबाट बोरामा प्याक गरी राखिएको १०९५ लिटर अवैध घरेलु तयारी मदिरा बरामद गरेको प्रहरीले जनाएको छ ।

बिशेष सुचनाको आधारमा ईलाका प्रहरी कार्यालय सिमरा बाट खटिएको टोलीले जीतपुरसिमरा उपमहानगरपालिका वडा नं. २ स्थित जगदम्बा स्थिल नजदिक चोकमा सो हाईस रोकेर चेक जाँच गर्दा उक्त मदिरा बरामद गरेको हो । पक्राउ पर्नेमा बिरगंज महानगरपालिका वडा न १६ बस्ने ३२ को राजकिशोर साह रहेको प्रहरीले जनाएको छ । बरामद मदिरा, हाईस र चालकलाई आवश्यक कारवाहीको लागि आन्तरिक राजश्व कार्यालय पथलैया बारामा बुझाइएको बारा प्रहरीले जनाएको छ ।

प्रतिक्रिया