प्रमुख प्रशासकीय अधिकृतमा श्रीवास्तव आएपछि नगरपालिकाको विकासमा तीव्रता

वीरगञ्ज । पोखरीया नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृतको रुपमा अजयकुमार श्रीवास्तव आएपछि अहिले नगरको विकासमा तीव्रता आएको छ । तीन महिना पहिला निमित्त प्रसाशकिय अधिकृतको रुपमा पोखरीया नगरपालिकामा उनी हाजिर भएका थिए । उनी हाजिर भएदेखि अहिले सो नगरपालिकाले सञ्चालन गर्दै आएका सम्पूर्ण विकासका अयोजनाहरुको काममा प्रगति हुँदै आएको सरोकारवालाहरुले बताएका छन् ।

नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृत नहुँदा बिगतका दिनहरुमा समाजिक सुरक्षा भत्ता, सुत्केरी भत्ता, कर्मचारीको तलबका साथै विकासका आयोजनाको रकम भुक्तानी नहुँदा श्रमिकहरू पारिश्रमिक पाउनबाट वञ्चित हुनुको साथै विकासका सम्पूर्ण गतिविधिहरू ठप्प भएका थिए ।

स्थानीयका अनुसार नगरपालिकामा प्रसाशकिय अधिकृतको रुपमा श्रीवास्तव आएपछि नगरपालिकाले प्रवाह गर्ने सम्पूर्ण सेवाहरू नियमित रुपमा सञ्चालन हुनुका साथै कर्मचारीहरु पनि समयमा नै आउने गरेका छन् ।

स्वच्छ छवि तथा काममा अग्रसर रहिरहने प्रसाशकिय अधिकृत श्रीवास्तवले आफू यस नगरपालिकामा आएको तीन महिना मात्र भएको र आफू यस नगरपालिकाको विकासको लागि जनप्रतिनिधिहरुसँग पार्दर्शिक रुपमा काम गर्दै आएको बताए । उनले आफु भर्खर जिम्मेवारीमा आएको र कतिपयले मान मर्दन गर्न खोजेको पनि बताए ।

त्यस्तै उनले आफ्नो बारेमा गलत समाचार सार्वजनिक भएको बताउँदै त्यसबारे आफू कानूनी उपचारमा जाने बताए ।

प्रतिक्रिया