हरिवन । काठ तस्करी गरेको आरोपमा प्रहरीले सर्लाहीको हरिवनबाट एकजना फर्निचर उद्योग सञ्चालकलाई पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय हरिवनबाट खटिएको प्रहरी टोलीले हरिवन नगरपालिका ८ चापिनीस्थित शिवपुरी काष्ठ तथा फर्निचर उद्योग र शाही भेनियर प्रालिका सञ्चालक प्रमोद भट्टराईलाई पक्राउ गरेको हो ।
उद्योगबाट २ हजार ६ सय ३५ क्युफिट अवैध काठसमेत बरामद गरिएको इलाका प्रहरी कार्यालय हरिवनका प्रहरी निरीक्षक अनिल गिरीले जानकारी दिए । पक्राउ परेका भट्टराईलाई प्रहरीले थप अनुसन्धान तथा कारबाहीको लागि सव डिभिजन वन कार्यालय जानकीनगरमा बुझाएको छ ।
उनको उद्योगबाट विभिन्न जातका गोलिया काठ २२ सय ३५.३७ क्युफिट, चिरान काठ २२.३२ क्युफिट र दाउरा ३३३.३३ क्युफिट बरामद गरिएको इन्सपेक्टर गिरीले बताए ।
प्रतिक्रिया