सिरहा । मिर्चैया नगरपालिकाका मेयर श्रवण कुमार यादवले नेपाल रेडक्रस सोसाईटी उप–शाखा मिर्चैयाको नवनिर्मित भवन उद्घाटन गरेका छन् । सिरहाको मिर्चैया नगरपालिका वडा नं.६ स्थित नेपाल रेडक्रस सोसाईटी उप–शाखा मिर्चैयाको नवनिर्मित भवनलाई मेयर यादवले रिवन काटेर उद्घाटन तथा शिला अनावरण गरेका हुन् ।
नेपाल रेडक्रस सोसाईटी उप–शाखा मिर्चैयाकोे ३१ औं अधिवेशनलाई सम्बोधन गर्दै मिर्चैया नगरपालिकाका मेयर यादवले रेडक्रम मिर्चैयामा ब्लड बैँक स्थापनाको लागि प्रतिवद्धता जनाए । मेयर श्रवण यादवले भने,- ‘नगरपालिका भित्र रहेको नेपाल रेडक्रस सोसाइटी उप–शाखा मिर्चैयासँग हातमा हात मिलाएर अगाडी बढ्ने र आगामी दिनमा नेपाल रेडक्रस सोसाइटी उप–शाखा मिर्चैयामा नगर बासिन्दाको लागी ब्लड बैंक पनि स्थापना गर्न सहयोग गर्ने प्रतिबद्धता गर्न चाहन्छु ।’
२०४९ सालमा स्थापना भएको नेपाल रेडक्रस सोसाइटी उप–शाखा मिर्चैया ३१औं अधिवेशनबाट कार्यसमितिको लागि सर्वसम्मतिले सभापतिमा राजदेव कापैर सहित ११ जनाको समिति निर्विरोध निर्वाचित भएको निर्वाचन अधिकारीले जनाएको छ ।
त्यसैगरी उप–सभापति फुलकुमारी साह, सचिव धूर्व श्रेष्ठ, कोषाध्यक्षमा रिपेन्द्र कुमार ढुङ्गेले, सह–सचिवमा जय प्रकाश साह, उप–कोषाध्यक्षमा भरत नायक, सदस्यमा गणेश कुमार ठाकुर, प्रकाश बुढाथोकी, गणेशी महरा,मन्जु देवी ठाकुर, सल्लाहकार अजय कुमार यादव (सानु), हरिहर यादव सर्वसम्मतिले निर्विरोध निर्वाचित भएका छन् । नेपाल रेडक्रस सोसाइटीका आधारभूत सात वटा सिद्धान्तमा रही काम गर्ने प्रतिबद्धता समेत नयाँ कार्यसमितिका सदस्या गणेश कुमार ठाकुरले जनाएको छ ।
उक्त कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी उप–शाखा मिर्चैयाका सभापति जीवन श्रेष्ठको अध्यक्षतमा भएको कार्यक्रममा प्रमुख अतिथिको रुपमा मिर्चैया नगरपालिकाका मेयर श्रवण कुमार यादवको उपस्थिति रहेको थियो । बिशिष्ट अतिथिको रुपमा नेपाल रेडक्रस सोसाइटीका जिल्ला सभापति राजदेव यादव लगायत विभिन्न राजनीतिक दलका प्रतिनिधी,सामाजिक संघ संस्थाका पदाधिकारी, बुद्धिजिवी, समाजसेवी, नगरवासी, संचारकर्मीलगायतको सहभागीता रहेको थियो ।
प्रतिक्रिया