सशस्त्र प्रहरी पर्साद्वारा १६८ किलाे गाँजा बरामद

वीरगञ्ज । सशस्त्र प्रहरी पर्साले १६८ किलाे लागुऔषध गाँजा बरामद गरेको छ । सशस्त्र प्रहरी बलकाे प्रस्ताबित सीमा सुरक्षा गुल्म भिखमपुर पर्साकाे टोलीले साे परिमाणमा गाँजा बरामद गरेको हो ।

विशेष सुचनाका आधारमा सवारी साधन चेकजाँच गर्ने क्रममा वीरगञ्जबाट ठोरी तर्फ जादै गरेको बा ११ च ९६८६ नंम्वरको बाेलेरो पिकअपमा फल्स वटम वनाई लुकाएर राखेकाे १६८ केजी (१६ पोका) प्रतिबन्धित लागु औषध गाँजा बरामद गरिएकाे सशस्त्र प्रहरी पर्साले जनाएको छ ।

उक्त बलेरो पिक-अपसहित चालक र सहचालकसहित अठत्तर हजार पाचँ सय रूपैयाँ र मोबाईल थान-२ बरामद गरि आवश्यक कार्वाहीको लागि नेपाल प्रहरीलाई बुझाएको सशस्त्र प्रहरी बल नं १३ गण पर्साका प्रवक्ता तथा सूचना अधिकारी संगम श्रेष्ठले जानकारी दिए ।

प्रतिक्रिया