फिदिममा नगरस्तरीय पाँचौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता

पाँचथर । जिल्लाको फिदिममा पाँचौं नगरस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता मंगलबारदेखि सुरु भएको छ । फिदिम माविको खेल मैदानमा १७ विद्यालयले भाग लिएको आयोजक विद्यालय फिदिमका विकास प्रअ विनोदकुमार ठाकुरले जानकारी दिए । प्रतियोगिताको उद्घाटन नगरपालिकाका प्रमुख मित्रप्रसाद काफ्लेले गरेका थिए ।

खेल उद्घाटन समारोहमा मार्चपास प्रतियोगितामा विद्यावरदान बोर्डिङ स्कुल प्रथम, फिदिम मावि दोस्रो, निलकण्ठ बोर्डिङ स्कुल तेस्रो छनोट भए । उद्घाटन समारोहमा विभिन्न जातिहरु राई, लिम्बुलगायत केलाङ तथा बालबालिकाले सांस्कृतिक नृत्य प्रस्तुत गरेका थिए ।

नगरपालिकाभरका विभिन्न १७ वटा विद्यालयहरुको सहभागिता रहेको छ । उक्त रनिङ शिल्ड प्रतियोगिता तीन दिनसम्म चल्ने बताइएको छ । खेलको आयोजना फिदिम माविले गरेको हो भने आर्थिक सहयोग फिदिम नगरपालिकाले गरेको प्रअ विनोदकुमार ठाकुरले जानकारी दिए ।

फोटो ग्राफर डेविड ओझा

प्रतिक्रिया