सिराहा । सिराहाको धनगढीमाई नगरपालिका वडा न १२ र १३ स्थित चुरे क्षेत्र सर्रे अम्बासको प्राकृतिक स्रोत तथा वातावरण समिति मधेस प्रदेश लगायतको टोलीले स्थलगत अनुगमन गरेको छ । समितिका सभापति शान्ता पहाडीको नेतृत्वमा समितिका सदस्य तथा प्रदेशसभाका सदस्यहरु सन्जिला यादव, त्रिभुवन साह, मनोज सिंह, धनगढीमाई नगरपालिका प्रमुख शिवशङ्कर महतो, जिल्ला समन्वय समितिका प्रमुख दिनेश महतो तथा डिभिजन वन कार्यालय लहान सिरहाका प्रमुख सुजित झाले ले बिहीबार स्थलगत अनुगमन गरेका हुन् ।
मधेश प्रदेशको आठवटै जिल्लामा भइरहेको चुरे दोहन, अवैध गिट्टी बालुवा उत्खनन कार्य रोक्न र यस कार्यमा संलग्न जोकोहीलाई कानुनी कारबाही गर्न प्रदेश सरकारलाई सिफरिस गर्ने सभापति पहाडीले बताए ।
सिराहा डिभिजन वन कार्यालय लहानले अवैध ढुङ्गा गिट्टी तथा बालुवा उत्खन्न गराएको आरोपमा धनगढीमाई नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतसहित १८ जनाविरुद्ध जिल्ला अदालत सिराहामा मुद्दा दायर गरेपछि समितिले चासो लिएको हो । जिल्ला समन्वय समितिका प्रमुख दिनेश महतोले एक वर्षदेखि निरन्तर अवैध गिट्टी बालुवा उत्खनन भइरहेको सार्वजानिक अभिव्यक्ति दिई सम्बन्धित निकायहरुलाई ध्यान केन्द्रित गराइरहेका थिए । सिराहा डिभिजन वन कार्यालयले बल्ल सक्रियता देखाएर कारबाहीका लागि अघि बढेको बताए ।
सिराहा डिभिजन वन कार्यालय लाहानका प्रमुख सुजित झाले अवैद्य रुपमा धनगढीमाई नगरपालिका सर्रेअम्वासमा गिट्टी बालुवा उत्खननमा संलग्न रहेको व्यक्तिहरुको सात ट्याक्टर र तिनका चालकलाई गत मङ्सिर १५ गते नियणत्रणमा लिई हाल सवारी साधनसहित पक्राउ परेका मञ्जितकुमार यादव, फुलकुमार यादव, सन्दिपकुमार यादव, अरविन्दकिशोर यादव, रामकुमार यादव, इन्द्रजित महतो, रमनकिशोर यादव, पुरुषाेत्तम यादव, धनगढीमाई नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत ओमप्रकाश महतो, प्रशासन सहायक रञ्जित सिंह र वरुण कन्स्ट्रक्सनका सञ्चालक निलमकुमारी यादवविरुद्ध मुद्दा दायर गरिएको बताए ।
धनगढीमाई नगरपालिकाबाट सुरु भएको मुद्दा दायर गर्ने प्रक्रिया लाहान नगरपालिका, गोलबजार नगरपालिका र कर्जन्हा नगरपालिकामा समेत अनुसन्धान जारी रहेको डिभिजन वन कार्यालय लाहान सिरहाका प्रमुख सुजित झाले बताए ।
प्रतिक्रिया