काठमाडौंलाई थाईल्याण्डको फुकेटसँग सोझो उडानमा जोड्दै रुप्से होलिडेज

काठमाडौं । द्विदेशीय पर्यटन प्रबद्र्धनमा रुप्से होलिडेज्ले पछिल्ला दिनहरुमा निक्कै आक्रमक रणनीति लिएको छ । रुप्से होलिडेज्ले विश्वका विभिन्न पर्यटकिय केन्द्रलाई नेपालसँग सोझो चार्टर्ड उडान मार्फत जोड्ने रणनीति लिएको हो । राज्यले पर्यटन देशको अर्थतन्त्रको आधारभूत जग हो भनेर भनिरहँदा ठोस प्रतिफल ननिक्लेर निराश बनेका पर्यटन ब्यावसायीका लागि यो एक बलियो उदाहरण बन्दै गएको हो ।

भियतनाम र काठमाडौं विच सफलता पूर्वक तिन चार्टर्ड उडान गरेको रुप्सेले ति उडान मार्फत भियतनामी पर्यटक नेपाल ल्याउन सफल भएको थियो । यहि सफलता बाट हौसिएको रुप्सेले इतिहासमै पहिलो पटक काठमाडौंलाई थाईल्याण्डको पर्यटकिय केन्द्र फुकेटसँग सोझो उडानमा जोड्ने भएको हो ।

रुप्से होलिडेज्का प्रबन्ध निर्देशक रमेस पराजुलीले भने – ‘यो इतिहासमै पहिलो पल्ट भईरहेको छ, हामीले काठमाडौंबाट सोझो ननस्टप उडान भरेर फुकेट अवतरण गर्नेछौं । यहाँबाट नेपाली पर्यटकलाई सोझै फुकेट पुर्याउँछौं अनि फुकेटबाट विभिन्न देशका पर्यटकलाई काठमाडौं ल्याउने छौं । थाईल्याण्डको समून्द्रि तटमा रमाईरहेका पर्यटकलाई सोझै हिमाली देश नेपालमा ल्याईनेछ ।’

उनले एशियाको पर्यटकीय केन्द्रको रुपमा रहेको फुकेटकमा बर्सेनी करोडौं पर्यटक आउने बताए । उनले भने, ‘जसको एक प्रतिशतभन्दा कम पर्यटकलाई मात्र पनि नेपाल ल्याउन सकियो भने ठूलो उपलब्धि हुने रुप्से होलिडेज्ले यो उडानले पर्यटकलाई सोझो र सुविधाजनक उडानका साथमा सस्तो भाडादर प्रदान गर्नेछ । जम्मा ३५ हजार नेपाली रुपैंया एकतर्फी भाडादर तोकेर गरिने यो उडानमा हिमालय एअरलाइन्सको एअरबस ए३२० प्रयोग गरिनेछ । जनवरी २१, २०२४ मा गरिने यो पहिलो उडानबाट काठमाडौंलाई विश्वकै सर्बाधिक रुचाईएको छ । जुन कुरा संभव छ भनेर यो चार्टरर्ड उडानबाट प्रमाणीत गर्नेछौं ।’ पर्यटकीय गन्तब्य फुकेटसँग जम्मा ३ घण्टा १० मिनेटको उडानमा जोडिनेछ ।

प्रतिक्रिया