जनकपुरधाम । ऐतिहासिक कमला नदीमा रामसीताको मटकोर गराएका जगतगुरु शकाराचार्य अधोक्षजानन्दलाई बिदाइ गरिएको छ । रामसीता मटकोर गर्न विवाहपञ्चमी भर्न आएका शंकाराचार्य अधोक्षजानन्दले कमला नदी पुगेर रामसीताको मटकोर गराएका थिए । उनलाई सोमबार कमला बचाउ अभियानका संयोजक विक्रम यादवले बिदाइ गरेका हुन् ।
विवाहपञ्चमी महोत्सवमा कमला नदीमा मटकोर गर्न विगतकै वर्षदेखि हजारौँको संख्यामा श्रद्धालुहरू आउने गरेका हुन् । संयोजक विक्रम यादवको विशेष पहलमा भारतका प्रसिद्ध बाबा शंकाराचार्य अधोक्षजानन्द महाराजलाई प्रमुख अतिथि बनाउँदै मटकोर गराउन सफल भए ।
पुरानकालमा भगवान रामसीताको मटकोरको लागि कमला नदीबाट माटो लिएर जाने परम्परालाई संयोजक यादवले पुनः उजागर गर्न सफल भएका हुन् । जनकपुरधामको अग्नीकुण्डबाट उठेको रामसीताको डोला रथमा सवार भई जनकपुरबाट कमला नगरपालिका–६ मडानघाट पुगेर कमलाको माटो लिएको थियो ।
कमला नगरपालिकाका मेयर विशेश्वर प्रसाद यादवको अध्यक्षता तथा शंकाराचार्य अधोक्षाजानन्दको प्रमुख आतिथ्यमा भएको मटकोर कार्यक्रमको लागि हजारौँको संख्यामा श्रद्धालु कमला नदी पुगेका थिए । यसलाई निरन्तरता दिनको लागि संयोजक विक्रम यादवसँग स्थानीयले आग्रह गरेका थिए ।
सो क्रममा मधेस प्रदेशकी पर्यटन मन्त्री सुनिता यादव, नेपाल सरकारका पूर्व मन्त्री सांसद शंकर भण्डारी, बिहार विधान सभाका विधायक छत्रपति यादव, भारतका प्रख्यात पाञ्चजन्यका संपादक हितेश शंकर, पूर्व सांसद दिनेश प्रसैला यादव, राम औतार पासमान लगायतका जनकपुरधाम उपमहानगरपालिकाका मेयर मनोजकुमार साह, सबैला नगरपालिकाका मेयर कारीराम यादव, सहिदनगर नगरपालिकाका मेयर दिनेश यादव, नगराइन नगरपालिकाका मेयर बिनयकुमार यादव लगायको विशेष उपस्थिति थियो ।
प्रतिक्रिया