फिल्म दुई कदमको गीत ‘ए मेरा बाबैनी’ सार्वजनिक

काठमाडौँ । मंसिर २९ गतेबाट प्रदर्शनमा आउने फिल्म दुई कदमको गीत ‘ए मेरा बाबैनी’ सार्वजनिक भएको छ । अभिनेत्री वर्षा सिवाकोटी र डेव्यु अभिनेता इओन लिम्बुको अभिनय रहेको गीतमा वर्षाको नृत्य आकर्षक छ । वर्षा फिल्मको यही गीतमा मात्र देखिनेछिन् । गीतमा उनको केमेष्ट्री अभिनेता लिम्बुसँग निकै जमेको देख्न सकिन्छ । आशिष अविरलको संगीत रहेको गीतमा निरुषा भट्टराईको शब्द तथा स्वर छ । कविराज गहतराजे कोरियोग्राफी रहेको गीतलाई सौरभ लामाले खिचेका हुन् ।

उदय सुब्बा निर्देशित फिल्ममा इओनको अलवा सिमोन गिरि सुनिल थापा, कविता आले, सुरवीर पण्डित, प्रेम सुब्बा र गौरव पहारी, बुद्धि तामाङ, अर्जुन गुरुङ, विमला लिम्बु, जीवन लिम्बु, चन्दा दाहाल र प्रीतिका शर्माको अभिनय छ ।

अजम्बरी फिल्मस्को व्यानरमा निर्माण भएको फिल्म तारा देवी लिम्बुको लगानीमा बनेको हो । दयाराम घिमिरेको कथा तथा पटकथा लेखन, विक्रम डिसीको छायांकन, ताराप्रकाश लिम्बु र विकास चौधरीको संगीत, राजु किराँतीको द्वन्द्व , रामजी लामिछानेको कोरियोग्राफी र प्रविन ढकालको सम्पादन रहेको फिल्म रिच इन्टरटेनमेन्ट र एफडी कम्पनीले वितरण गर्न लागेको हो ।

प्रतिक्रिया