काठमाडौं । नेपाल राष्ट्र बैंकले बिहीबार सार्वजनिक गरेको विनिमय दर अनुसार युरोपयन युरो र अष्ट्रेलियन डलरको भाउ बढेपछि डलरको भाउ कमजोर भएको छ । राष्ट्र बैंकका अनुसार बिहीबार अमेरिकी डलर एकको खरिददर १३२ रूपैयाँ ७४ पैसा र बिक्रीदर १३३ रूपैयाँ ३४ पैसा तोकिएको छ । बुधबार डलरको खरिद १३३ रूपैयाँ ०४ पैसा र बिक्री १३३ रूपैयाँ ६४ पैसामा भएको थियो ।
युरोपियन युरो एकको खरिदमा १४४ रूपैयाँ २० पैसा र बिक्रीमा १४२ रूपैयाँ ८५ पैसा पाइन्छ । बुधबार युरोको खरिददर १४२ रूपैयाँ ६१ पैसा र बिक्रीदर १४३ रूपैयाँ २५ पैसा थियो । यस्तै क्यानेडियन डलर एकको खरिदमा ९६ रूपैयाँ ९५ पैसा र बिक्रीमा ९७ रूपैयाँ ३९ पैसा पाइन्छ ।
बिहीबार अष्ट्रेलियन डलर एकको खरिददर ८६ रूपैयाँ ५३ पैसा र बिक्रीदर ८६ रूपैयाँ ९२ पैसा तोकिएको छ । कतारी रियाल एकको खरिदमा ३६ रूपैयाँ ४० पैसा र बिक्रीमा ३६ रूपैयाँ ५७ पैसा निर्धारण भएको छ । राष्ट्र बैंकले साउदी अरेबियन रियाल एकको खरिददर ३५ रूपैयाँ ३९ पैसा र बिक्रीदर ३५ रूपैयाँ ५५ पैसा तोकेको छ ।
युएई दिराम एकको खरिदमा ३६ रूपैयाँ १४ पैसा र बिक्रीमा ३६ रूपैयाँ ३० पैसा छ । मलेसियन रिंगिट एकको खरिदमा २८ रूपैयाँ ४१ पैसा र बिक्रीमा २८ रूपैयाँ ५४ पैसा पाइन्छ । बिहीबार कुवेती दिनार एकको खरिदमा ४३० रूपैयाँ ५० पैसा र बिक्रीमा ४३२ रूपैयाँ ४४ पैसा निर्धारण गरिएको छ ।
प्रतिक्रिया