रानिटार गोल्डकपको उपाधि तमाखे क्लबलाई

पाँचथर । फिदिम नगरपालीका–७, रानीटारमा आयोजना गरिएको रानीटार गोल्डकप फुटबल प्रतियोगिताको उपाधि तमाखे फुटबल क्लवले हात पारेको छ । प्रतियोगिता रानीटार माविको खेलमैदानमा बुधबार सम्पन्न भएको हो । प्रतियोगिताको फाइनल खेलमा डिएफसी रानीटारलाई ३–१ गोल अन्तरले हराउदै तमाखेले उपाधी जितेको हो ।

तमाखेलाई जीत दिलाउन खेलको १८ औं मिनेटमा खेमराज गुरुङले, २१ औं मिनेटमा रोशन गुरुङले र थप समयमा लुङमाहिम लिम्बूले गोल प्रहार गरेका थिए ।

खेलको ५१ औं मिनेटमा डिएफसीका आदर्श गुरुङले गोल फर्काए पनि त्यो जीतका लागि पर्याप्त भएन । जीत सँगै तमाखे फुटबल क्लवले ७० हजार रुपैँया नगद र ट्रफि प्राप्त गरेको छ भने उपविजेता बनेको डिएफसीले ४० हजार रुपैँया नगद र ट्रफिमा चित्त बुझाएको छ ।

प्रतियोगिताका विजेता, उपविजेता टिम तथा खेलाडीलाई फिदिम नगरपालिकाका प्रमुख मित्रप्रसाद काफ्ले, नेपाली कांग्रेस पाँचथरका निर्वतमान सभापति नरेन्द्रकुमार केरुङ, फिदिम–७ का वार्ड अध्यक्ष रुपेन्द्र तामाङ, फिदिम–८ वार्ड अध्यक्ष सोम गुरुङ लगायतले पुरस्कार वितरण गरेका थिए । त्रिवेणी युवा क्लबकोआयोजना भएको प्रतियोगितामा १६ टिमको सहभागिता रहेको आयोजकले जनाएको छ।

प्रतिक्रिया