ग्लोबल आईएमई बैंककाे ‘क्यासब्याक’ अफर

काठमाडौं । ग्लोबल आईएमई बैंक लिमिटेडका ग्राहकहरूले यस वर्षको तिहारमा विभिन्न डिजिटल कारोबार मार्फत सामान किन्दा निश्चित क्यासब्याक पाउने पक्का भएको छ । बैंकका डेबिट वा क्रेडिट कार्डबाहक ग्राहकहरूले नेपालभरका पीओएस मेसिनमा रु. एक हजार वा सो भन्दा बढीको कम्तीमा ३ वटा कारोबारमा रु. ३०० अथवा ५ वटा कारोबारमा रु. ५०० क्यासब्याक पाउनेछन् ।

पस मेसिनमार्फतको कारोबारमा क्यासब्याक पाउने समयावधि २०८० कार्तिक २५ गते कागतिहारदेखि कार्तिक २९ भाइटीकासम्म रहेको छ । यसैगरि बैंकको मोबाइल बैंकिङ् एप–ग्लोबल स्मार्ट प्लस प्रयोगकर्ता ग्राहकहरुले कार्तिक २५ गते कागतिहार देखि कार्तिक २९ भाइटीकासम्म बेलुका ५ बजे देखि ८ बजेसम्म क्यूआरमार्फत प्रोमो कोड रोमन‘तिहार’ लेखी भुक्तानी गर्दा खरिदको १० प्रतिशत वा रु. ३०० सम्म क्यासब्याक पाउनेछन् ।

आफ्ना ग्राहकको सुविधालाई मध्यनजर गरी बैंकले यस्ता किसिमका समयसान्दर्भिक क्यासब्याक योजनाहरु ल्याएर ग्राहकहरुलाई लावान्भित गर्दै आएको छ । ग्लोबल आईएमई बैंक मुलुकका ७७ जिल्लामा शाखा सञ्जाल रहेको निजी क्षेत्रको पहिलो वाणिज्य बैंक हो । बैंकले ३५२ शाखा, ३७५ एटीएम, २७४ शाखा रहित बैंकिङ्ग सेवा, ६६ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा ३ वटा वैदेशिक प्रतिनिधि कार्यालयसमेत गरी १,१०० भन्दा बढी सेवा केन्द्रबाट ४५ लाख भन्दा बढी ग्राहकहरुमाझ सेवा प्रदान गरिरहेको छ ।

प्रतिक्रिया