काठमाडौं । नेपाली सफ्टवेयर इन्जिनियरहरुको समूहले पहिलोपटक निर्माण गरेको ‘ई–ड्राइभ नेपाल’ नेपाल विद्युतीय सवारी मोबाइल सफ्टवेयर सार्वजनिक भएको छ । बिहीबार काठमाडौंमा एक कार्यक्रमको आयोजना गरी प्रदुषणरहित सुन्दर सहर भन्ने नाराको साथ उक्त इड्राइभ नेपाल विद्युतीय सवारी मोबाइल सफ्टवेयर सार्वजनिक भएको हो ।
काठमाडौं उपत्यकाभित्र आफ्नै भाडाका विद्युतीय ट्याक्सीलाइ व्यवस्थापन गरि सफ्टवेयरमार्फत ग्राहकलाइ सहज सेवा दिन शुरु गरिएको इ ड्राइभ नेपालका प्रमुख कार्यकारी अधिकृत सविन भट्टराईले बताए ।
उनले आफ्नै विद्युतीय सवारी साधन सञ्चालनको लागि सितापाइलामा र एकान्त कुनामा चार्जिङ स्टेशन समेत स्थापना गरिएको पनि बताए । उनले राइट सेरिङको नयाँ फिचर सहितको अनलाइन इड्राइभमार्फत विद्युतीय ट्याक्सीहरुको सेवा लिन सकिने बताए । उनले विद्युतीय सवारी साधन खरिद गर्न पाएको सहुलियतले इड्राइभ नेपालले सस्तोमा विद्युतीय सवारी साधन चढ्न सकिने बताए ।
प्रतिक्रिया