रुकुम पश्चिम । भूकम्प पिडित भन्छन– ‘भूकम्पको कुरा नसम्झाउनु, रुन मात्र आउँछ’ आमा सँगै छिमेकि जिल्ला जाजरकोट ठुलिआमाको घरमा गएका आठबिसकोट १४ का नविन मल्लको आँखामा अझै आँसु सुकेको छैन । रिपोटिङका क्रममा घेत्मा गाउँ पुग्दा श्रीमती गुमाएका नरु मल्ल र उनका छोरा नबिन मल्ल घर नजिकैको बारीमा रुँदै थिए । श्रीमती र आमा गुमाएको शोकमा उनिहरुका आँखामा आँसुको तलाउ भरिएको देखिन्थ्यो । गाउँका केहि मान्छेले नरु लाई सम्झाई बुझाई गरेपछी उनि केहि समय पछि रुन छोडे आफ्नो १२ वर्षको छोरालाई काखमा च्यापेर हिकिहिकि गर्दै मल्लले यसो भने,
ओहो ! त्यो भूकम्पको कुरा नसम्झनाउनु , रुन मात्र आउँछ ।” छोरा र श्रीमती जाजरकोट गएका थिए । म दुहुनो भैंसीको हेरचाहको लागि घरमै बसेँ । मध्य रातमा एकाएक गाउँमा हल्ला फैलियो । म पनि झल्याँस्स ब्युँझिएर दौडदै बाहिर निस्किएँ । भुँईचालो ले गाउँमा धेरैले प्राण त्यागिसकेका रहेछन्। श्रीमती र छोरालाई फोन लगाए तर सम्पर्क हुन सकेन । कतिबेला उज्यालो होला भनेर रातभर पर्खाईमा बसे गाउँभरी रुवाबासी मात्रै फैलियो । जताततै रोएको मात्रै सुनियो सबैका घर ढ्लेका थिए। शुक्रवार शक्तिशाली विनाशकारी भूकम्प गएको सम्झँदा अहिले पनि रुकुम पश्चिमको आठबिसकोट नगरपालिकामा रहेका भुकम्प पिडितहरु त्यो रात सम्झिदा धरधरी रुन्छन्। उनिहरुका आँखामा अहिले आँसु र त्रास को शिवाय केहि छैन । अहिले गाउँमा कोहि शव कुरिरहेको अवस्था छ भने घाटहरुमा शवको लाईन छ । आठबिसकोटमा एउटै गाउँमा २८ जनाको मृत्यु भएको छ भने एउटै घरमा २ देखि ५ जनाको मृत्यु भएको छ ।
शुक्रबार रातीको समयलाई सम्झिदा आठबिसकोट नगरपालिकाका महेश मल्लको शरीर काम्न थाल्छ । घेत्मामा रहेको आफ्नै घरमा सुतेको बेला भुकम्प गएपछी मल्ल बेहोस भएर भागदौडमा मच्चिए । भखरै दश लाख रुपैयाँ खर्च गरेर बनाएको घर पनि ढल्यो । उनि भन्छन, घर नै सबथोक होईन ज्यान बाच्यो त्यहि ठुलो कुरा हो । तर भुकम्पले अचेत अवस्थामा पुर्यायो न खान मन लाग्छ । न त राती निद्रा नै लाग्छ । बाहिर सुतिरहँदा पनि कतै ठुलै आवाज सुन्ना साथ भुकम्प आए जस्तो लाग्छ । मल्ल जस्तै यहाँका करिब पाँच हजार घरपरिवार अहिले त्रासमा छन । खेतमा र भखरै गहुँ लगाएको जमिनमा रात कटाईरहेका छन्। एकातिर आफन्त गुमाउनुको पिडा र अर्कोतिर त्रासको पीडाले थिचिरहेका बेला भगवान भरोसा भएको अर्का स्थानीय कृष्ण सार्की बताउँछन्।
भुकम्पको त्रास र श्रीमती गुमाएर पिडामा रहेका आठबिसकोट–१४ का नरु मल्ल भन्छन, घर जाउँ घर भत्किएको छ, । बाहिर बसम चिसोले ज्यान लिन्छ कि भन्ने पिर छ । मल्लको दुई वटा घर दुवै घरहरु भत्किएर पुर्ण रुपमा क्षतिग्रस्त भएका छन्। उनकि श्रीमती जाजरकोटको कालेगाउँमा आफन्तकोमा गएकि थिईन । तर फर्केर आईनन्। तिहारमा गए हुन्छ । अहिले हतार नगर भनेको थिए , तर उनले दिदि सँग भेटेर भोलि फर्किहाल्छु भनेर गएकि थिईन्। लास बनेर फर्किन, उनि भावुक हुँदै भन्छन्। न घर रह्यो न घरको गृहिणी । १२ वर्षका छोरालाई काखमा च्याप्दै मल्ल विगत सम्झदै भकानिन्छन्। अब जिउन सकस परिरहेको छ । छोराको लागि भएपनी बाँच्ने हिम्मत जुटाएको छु ।
बिहीवार उनकी श्रीमती मोती मल्ल र १२ वर्षका छोरा नविन मल्ल लाई लिएर आफ्नी दिदीलाई भेट्न जाजरकोट पुगिन्। घरमा श्रीमानलाई शनिवार फर्किने जानकारी गराएकी दिदिको घर कालेगाउँ पुगेकी मोती शुक्रवार राती अस्ताईन । मोति सँग एउटै घरमा सुतेका ६ जना मध्य उनका छोरा नविन मात्रै बाँच्न सफल भए । बाँकी पाँच जना निन्द्रामै अस्ताए । राती मस्त निन्द्रामा थिएँ । घर हल्लिएको पनि थाहा पाईन्। मान्छेको होहल्ला सुनेर ब्युँझिए । मलाई त घरले पो पुरेको रहेछ। गाउँलेले हात खुट्टा तानिरहेका थिए। मलाई सपना हो जस्तो लाग्यो । पछि बाहिर निकालेपछी भुँईचालो गएको हो भन्ने थाहा पाएँ । आमालाई खोजे मन आत्तियो । तर आमाको लास भेटाँए सास पाइन ।
आमाको मृत्यु भएको खबर सुने म त्यहिँ बेहोस भएछु । घर फर्किनलाई आमालाई पर्खिरहे तर मेरो आमा लाई पापी भुकम्पले लिएछ । आँखामा आँसु टिलपिल पार्दै नबिन आमाको यादमा तड्पिरहेका छन । आठबिसकोट नगरपालिका १४ का गोबिन्द खड्का भन्छन, घरहरु हल्लिएको केही मिनेटमा कति घर ढले । त्यहि घरमा बसेका बृद्ध , महिला, बालबालिकाहरु कठै कति मिठो सपना देखिरहेका थिए होलान । ति सपनाहरु एक अर्कामा साट्न नपाउँदै उनिहरुको ज्यान गयो । मध्यरातमा भुकम्प गए लगत्तै सबै जना एक अर्कामा सम्पर्कबिहिन भए । त्यहि बेलामा सञ्चार अवरुद्ध भयो । हातका औँला दुखाएर फोन गर्यो । फोन लाग्ने छाँटकाँट नै थिएन । आफन्तहरुलाई सम्झेर रुन लागे । सबै जना आफु बसेको ठाउँ बाट बाहिर निस्केपछि आ आफ्नो आफन्त, घर परिवारको चिन्ता लाग्दो रहेछ ।
डर लाग्दो गरि घर ढलेपछि त केहि सोच्नै नसक्ने रहेछ । त्यसमा पनि जमिन नै भाँसिने गरि कम्पन आईरहँदा त बाँच्छौ भन्ने कल्पना नै गर्न सकिएन । जब बिपद आउँछ । त्यति बेला थाहा हुँदो रहेछ । हामिहरुको जिवन कति महत्वपुर्ण छ भनेर ।
रातभर गाउँ तहसनहस भयो । राती बाटै घाईतेलाई उद्धार र खोजतलासमा लाग्यौँ । भोलिपल्ट भयो । हामीले आफ्नै गाउँका २४ जना गुमाएछौँ । घाईतेलाई उपचार र मृतकलाई दाहसंस्कार मा लाग्यौ । गाउँ रोयो, मन रोयो, शवले घाट भरियो । कस्तो बिपति ! आफुले बुनेका लाखौ । करोडौ सपनाहरु विनाश आयो भने हुरि बतास जसरी क्षणिकमै उडाएर सकाउने रहेछ । अहिले पनि अझै मन झस्किन्छ । आज पनि भुकम्प आउने पो हो कि ।
साविक घेत्मा गाउँ नै अहिले शोकमा छ । नरोएका आँखा छैनन्। नटुटेका मन छैनन्। गाउँमा कसैको घर छैन्।घरबारबिहिन नभएको घर वाँकी छैनन्। पालको भरमा बारीमा दिन काट्दा पानी र चिसोले छोराछोरी , वृद्ध महिला बिरामी हुँदा सामान्य उपचार गर्न स्वास्थ्य चौकी नै भत्किएको छ । ओत लाग्न स्कुलहरु छैनन्। सबै भत्किएका छन्। जमिनको ओछ्यान बनाएर आकाशतिर हेरेर टोलाउनुबाहेक विकल्प छैन्।
भक्कानिदै राहत लिदै मृतकका परिवार
कर्तिक १७ गते शक्तिशाली भुकम्पमा परेर आठबिसकोटमा घर भत्केर ज्यान गुमाएका परिवाहरु तंग्रिन नपाउंदै सरकारले उपलव्ध गराएको राहत रकम लिन आंसु खसाल्दै आठबिसकोट नगरपालिकाले प्रति मृतकका नाममा २५ हजार किरियाखर्च र परिवारका लागी राहत स्वरुप प्रति मृतकका घर मृत्यु भएका २० घरपरिवार र अन्य पूर्णरूपमा क्षति भएका ५० घरधुरीलाई नगरपालिकाले खाद्यान्न सामग्रीसँगै बस्नको लागि टेन्ट, त्रिपाल वितरण गरेको थियो ।
मृतकका परिवारले मन धमिलो र अमिलो वनाउदै उद्धार समितिवाट राहत त बुझे तर उनिहरुको आँखामा देखिएको आँसु र पिडाले मनमा गहिरो चोट पुर्याईरहेको थियो । आफ्ना भाई गुमाएका धनेश पुन राहत लिन आउदा उनको मन शान्त र अनुहारमा चमक थिएन् । मान्छे मरेर त गईसक्यो, उसको नाममा आएको रकमको कुनै अर्थ छैन । तर, पनि काजकिरिया को लागि उठेको खर्च सम्म धान्ने विश्वास पीडितहरुको छ । आठबिसकोट क्षेत्र अहिले घर भएको स्थान भुकम्पले अहिले समथर र लमतन्न छ । अति नै भुकम्प प्रभावित क्षेत्र आठबिसकोटमा नगरपालिकाले आईतबार देखि नै राहत वितरण सुरु गरेको छ ।
राष्ट्रपति पौडेल भूकम्प पीडित क्षेत्रमा
राष्ट्रपति रामचन्द्र पौडेल भूकम्प प्रभावित क्षेत्र जाजरकोट पुगेका छन् । उनले मंगलबार जाजरकोट अस्पताल पुगेर घाइतेहरूको अवस्थाबारे जानकारी लिएका छन् । घाइतेहरूले उपचार, खाद्यन्न, घर निर्माणसहित बाँच्ने आधारको व्यवस्था गरिदिन राष्ट्रपति पौडेलसँग आग्रह गरेका थिए ।
राष्ट्रपति पौडेलले भूकम्प प्रभावितलाई आवश्यक बसोबास, खाद्यन्नलगायत सबै कुराको प्रबन्ध हुने र त्यसका लागि आफूले सरकारसँग कुरा गर्ने बताउनुभएको राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिए ।
राष्ट्रपतिको भनाइ उदृत गर्दै सल्लाहकार पोखरेलले भने, ‘तपाईंहरुका लागि अल्पकालीन र दीर्घकालीन आवश्यकताको पहिचान गरी सोको व्यवस्था हुन्छ, चिन्ता गर्नु पर्दैन, म सरकारसँग कुरा गर्छु ।’ सो अवसरमा जाजरकोटका प्रमुख जिल्ला अधिकारी सुरेश सुनारले भूकम्पबाट भएको क्षतिबारे राष्ट्रपतिलाई जानकारी गराएका थिए भने घाइतेहरूको अवस्थाबारे जिल्ला अस्पतालका चिकित्सकहरूले जानकारी गराएका थिए ।
गत शुक्रबार राति गएको भूकम्पबाट प्रभावित नागरिकको अवस्था बुझ्न राष्ट्रपति पौडेल आज सुर्खेतबाट जाजरकोट पुगेका हुन् । उनका प्रेस सल्लाहकार पोखरेलका अनुसार राष्ट्रपति पौडेल सदरमुकाम खलंगा, रामीडाँडा, नलगाड तथा रुकुम पश्चिमको आठविसकोट पुगेर भूकम्पबाट प्रभावितको राहत र उद्धारको अवस्थाका बारेमा जानकारी लिनेछन् ।
राष्ट्रपति पौडेलका साथमा उपप्रधानमन्त्री एवं रक्षामन्त्री पूर्णबहादुर खड्का, जाजरकोटका प्रदेश सांसद, प्रधानसेनापति सहभागी छन् ।
भूकम्प पछिको अवस्था अनुकूल नभएको भन्दै राष्ट्रपति पौडेलले कात्तिक २२ गतेदेखि तय भएको आफ्नो युरोप भ्रमण सोमबार स्थगित गरेका थिए ।
रुकुम पश्चिम
प्रतिक्रिया