पोल्याण्ड पठाईदिन्छु भन्दै ठगी गर्ने सुनिता पक्राउ

काठमाडौं । पोल्याण्ड पठाईदिन्छु भन्दै ठगी गरेको आरोपमा सुनिता कर्माचार्य पक्राउ परेकी छन् ।

भक्तपुर न.पा. वडा नं. १० घर भई हाल नागार्जुन न.पा वडा नं. ०६ रामकोट बस्ने ३९ बर्षीया सुनिता कर्माचार्यले मदन राज मोक्तान समेतका १७ जनालाई वैदेशिक रोजगारीको लागि पोल्याण्ड पठाईदिन्छु भनी ३८ लाख ठगी गरेको भन्ने उजुरीका आधारमा पक्राउ गरिएको काठमाण्डौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनले जनाएको छ ।

पोल्याण्डपुगेपछि प्रतिष्ठित कम्पनीमा काम लगाइदिने र मासिक एक लाख पचास हजार रुपैयाँ तलव हुन्छ भन्ने प्रलोभनमा पारी पीडितहरुबाट पटकपटक गरी जम्मा रु. ३८ लाख रुपैयाँ लिई सम्पर्क विहीन भई ठगी गरेको भन्ने उजुरी वैदेशिक रोजगार विभागमा परेको थियो । विभागले पक्राउ गरी उपस्थित गराइदिन पत्राचार गरेपछि खटिएको प्रहरी टोलीले सुनितालाई मंगलबार काठमाडौं ईन्द्रचोक बाट पक्राउ गरी थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल, काठमाण्डौं पठाईएको प्रहरीले उल्लेख गरेको छ ।

प्रतिक्रिया