काठमाडौं । जाजरकोट केन्द्रविन्दु भएर फेरि ५.८ रेक्टरको भूकम्प गएको छ । सोमबार ४ बजेर ३१ मिनेटको समयमा जाजरकोटलगायत आसपासका क्षेत्रमा फेरि ठूलो भूकम्पको झट्का महसुस भएको हो ।
उक्त भूकम्पको धक्का केन्द्रिय राजधानी काठमाडौंलगायत अन्य केही जिल्लाहरुमा पनि धक्काको महसुस गरिएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्र सुर्खेतका अनुसार भूकम्पको तिव्रता ५.८ म्याग्निच्युड मापन गरिएको छ ।
भूकम्पको झट्का महसुस भएसँगै त्यहाँका मानिसहरू त्रसित भएका छन् । गत शुक्रबार पनि ६.४ म्याग्निच्युडको भूकम्प जाजरकोट र रुकुम पश्चिमलगायत जिलामा ठूलो जनधनको क्षति भएको छ ।
प्रतिक्रिया