सशस्त्र प्रहरीकाे टेन्टसहित तीन वटा डिजास्टर रेस्पोन्स सिस्टम कन्टेनर भूकम्प प्रभावित क्षेत्रमा

काठमाडौं । सशस्त्र प्रहरी बल नेपालले जाजरकोट र रुकुम पश्चिममा भूकम्प पीडितहरुको लागि तीन वटा डिजास्टर रेस्पोन्स सिस्टम (डिआरएस) कन्टेनर टेन्ट लिएर त्यसतर्फ पठाएको छ ।

सशस्त्र प्रहरी सहायक निरीक्षक रामविश्वास यादवसहितको सुरक्षा फौज आज बिहान तीन वटा कन्टेनरमा १० हजार ७ सय थान टेन्ट लिएर पश्चिम रुकुमको लागि गएको सशस्त्र प्रहरीले जनाएको छ । काठमाडौं उपत्यकास्थित सशस्त्र प्रहरी बल नेपाल नं. २० विपद् उद्धार उपत्यका गणमा रहेको ७ सय थान र नं. २२ गुहेश्वरी गणमा भक्तपुरमा रहेको १० हजार थान टेन्ट लिएर तीन वटा कन्टेनर ठाइएको हो ।

यसअघि भुुकम्प पीडितहरुको लागि आवश्यक सामाग्रीसहित दाङ्गबाट पश्चिम रुकुम र सुर्खेतबाट जाजरकोटको लागि दुई वटा डिजास्टर रेस्पोन्स सिस्टम (डिआरएस) कन्टेनर पठाइसकिएको बताइएको छ ।

प्रतिक्रिया