मुम्बई । रोहित शेट्टीले निर्माण गर्ने एक्सन थ्रिलर चलचित्र ‘साइको’ मा बलिउड अभिनेता अक्षय कुमारले काम गर्ने भएका छन् । मोहित सुरीले निर्देशन गर्ने साइको एक एक्सन थ्रिलरमा आधारित चलचित्र हो ।
भारतीय सञ्चार माध्यमका अनुसार यो चलचित्रमा अक्षय कुमार साइको पर्सनको भूमिकामा देखिने बताइएको छ । ‘साइको’ को छायांकन सन् २०२४ को सुरुवातमा सुरु हुने निर्माण पक्षले जनाइएको छ । यो चलचित्र सुरुदेखि अन्त्यसम्म ४० दिनको समय तालिका रहेको छ ।
प्रतिक्रिया