‘डंकी’ को टिजर


मुम्बई । बलिउड अभिनेता शाहरुख खानको मुख्य भूमिका रहेको चलचित्र ‘डंकी’ को टिजर सार्वजनिक भएको छ । शाहरुखको जन्मदिनको अवसरमा सार्वजनिक गरिएको टिजरमा अवैध रूपमा विदेश जानेहरूको कथालाई उतारिएको छ ।

राजकुमार हिरानीले निर्देशन गरेको उक्त चलचित्रमा शाहरुख हार्डी पात्रको भूमिकामा छन् । चलचित्रमा अभिनेत्री तापसी पन्नु, विक्की कौशल, बोमन इरानी, दिया मिर्जा लगायतका कलाकारको अभिनय छ ।
यस चलचित्रमार्फत राजकुमार र शाहरुखले पहिलोपटक एकसाथ सहकार्य गरेका हुन् । चलचित्र निर्माण पक्षले ‘डंकी’ को टिजरलाई ‘ट्रप १’ नाम दिएका छन् ।

जसले चलचित्रको अन्य सिक्वेलसमेत बन्ने निश्चित छ । रेड चिलिज इन्टरटेनमेन्ट, राजकुमार हिरानी फिल्मस् र जियो स्टुडियोको ब्यानरमा निर्माण भएको चलचित्रमा हिरानीकै कथा छ । यो चलचित्र आगामी क्रिसमसबाट प्रदर्शनमा आउने तयारीमा रहेको निर्माण पक्षले जनाएको छ ।

प्रतिक्रिया